माओवादी संसदीय दलको बैठकले गरेको निर्णय अनुसार नेकपा माओवादी केन्द्रले गण्डकीमा एमाले नेतृत्वको सरकारबाट बाहिरिने निर्णय गरेको छ ।

नेकपा एमाले नेतृत्वको सरकारमा माओवादीबाट नेतृत्व गरेका भौतिक पूर्वाधार मन्त्री हरिबहादुर चुमान, उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री रेशमबहादुर जुग्जालीले केहीबेरमा राजीनामा दिँदैछन् र मन्त्रीहरुले आजै मुख्यमन्त्री खगराज अधिकारीसामु राजीनामा बुझाउँदै छन् ।

गण्डकीमा मुख्यमन्त्री अधिकारीले माओवादीले समर्थन फिर्ता लिएपछि एक महिनाभित्र विश्वासको मत लिनुपर्छ भने विश्वासको मत नपाएमा उनी पदमुक्त हुनेछन।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय