काठमाण्डाै – हप्ताको पहिलो दिन आज सुनको भाउ तोलामा ६ सय रुपैयाँले घटेको छ।

आज सुनको भाउ तोलामा १ लाख ९ हजार २ सय रुपैयाँ तोकिएको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ।

अस्ति सुनको भाउ तोलामा ८ सय रुपैयाँले बढेर १ लाख ९ हजार ८ सय रुपैयाँ थियो।

सुनको भाउ घटे पनि आज चाँदीको भाउ भने बढेको छ । तोलामा १० रुपैयाँले बढेर चाँदी आज १ हजार ३ सय ७० रुपैयाँमा कारोबार भइरहेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय