बंगलादेशको राजधानी ढाकामा भीषण आगलागी भएको छ । समाचारका अनुसार मंगलबार बिहान ढाकास्थित बंगबजारमा आगलागी भएको हो ।

आगो निभाउन ४७ वटा दमकल प्रयोग गरिएको समाचारमा जनाइएको छ । फायर सर्भिस तथा सिभिल डिफेन्स कन्ट्रोलका रुमका ड्युटी अफिसर रफी अल फारुकका अनुसार मंगलबार बिहान ६:१० बजे बंगबजार मार्केटमा आगलागी सुरु भएको हो । आगलागीको कारण अहिलेसम्म थाहा भएको छैन ।

त्यस्तै अहिलेसम्म मानवीय क्षति पनि नभएको खबर छ । प्रत्यक्षदर्शीका अनुसार बजारका पसलका सञ्चालकले आगलागीको खबर सुन्नेबित्तिकै सामान हटाउन थालेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय