भारतमा एउटा केटा बच्चा आफ्नो पेट भित्र आफ्नै “जुम्ल्याहा” को साथ जन्मेको थियो । जुन एकदमै दुलर्भ परिस्थितिमा हो जसलाई “गर्भमा भू्रण” भन्ने गरिन्छ । तर यो किन र कसरी सम्भव भयो भन्ने कुराको अझ विज्ञानले खुलासा गर्न सकेको छैन ।
बेलायतमा स्थित एक न्यूज आउटलेट, मेट्रोका अनुसार जब चिक्तिसकहरुले गर्भवती महिलाको नियमित अल्ट्रासाउण्डको समयमा गर्भमा रहेको बच्चाको पेटमा केही वस्तु देख्ने बित्तिकै उनीहरुले उक्त बच्चामा केही गडबडी रहेको अड्कल लगाए । बच्चा जन्मे पछि डाक्टरहरुले फेरी एक पटक स्क्यान गरे र सो बच्चाको पेट भित्र अर्को भू्रण रहेको फेला पारे , जसले उनीहरुलाई अन्योलमा प¥यो । मेट्रोका अनुसार उक्त “गर्भभित्रको भू्रण” मा हात, खुट्टा र मस्तिष्क पनि थियो तर सो भ्रूणमा खोपडी भने थिएन ।
“भ्रूमा भू्रण” को शब्दिक अर्थ हो “भ्रूणको भित्र भ्रूण”, र समान्यतय यसलाई निकै फरक तरिकाबाट परिभाषित गरिएको छ जसमा एउटा असमान्य भ्रूण उसको अन्य स्वस्थ जुम्ल्याहाको शरीर भित्र पाइने गर्छ ।
यो बिल्कुल स्पष्ट छैन कि भ्रूणको भित्र भ्रूण किन र कसरी हुन्छ भन्ने तथ्य अहिले सम्म पनिफेला परेको छैन । तर एरिजोना स्टिेट विश्वविद्यालयको वैज्ञानिकहरुको अनुसार सम्भावित “परिजिवी जुम्ल्याहा” एक दुलर्भ रुप हो । परिजिवी जुम्ल्याहा तब हुने गर्छन् जब एक समान्य जुम्ल्याह गर्भावस्थाको समयमा एक अर्का बाट अवशोष्ति हुने गर्छन् । २०१० गरिएको “परिजिवी जुम्ल्याहा” एक समिक्षाको अनुसार उक्त भू्रणलाई जीवित रहन स्वस्थ जुम्ल्याहाको शरीर प्रणालीमा निर्भर हुनुपर्छ ।
यद्यपी केही अनुसन्धानकर्ताले यस्तो भ्रूण टिय्रमर पनि हुन सक्ने अड्कल गरेका छन् । उनीहरुका अनुसार भू्रण जस्तै देखिने उक्त टिय्रमरको प्रारम्भिक चरणमा हात, खुट्टा र मस्तिष्क जस्ता प्रमुख शारीरिक प्रणालीहरु पनि समावेश भएको हुन सक्छन् ।
भ्रूणको भित्र भ्रूण” एक दुलर्भ परिस्थित हो । २०१० मा गरिएको एक अध्ययनका अनुसार यस्तो घटना ५००००० बच्चाहरु जन्मिदा मात्र एउटा बच्चामा हुने गर्छ ।
भारतीय उक्त बच्चाको सन्दर्भमा, डाक्टरहरुले २.८ इन्च लामो “परिजिवी जुम्ल्याहा” सर्जरी गरेर निकालेका थिए । जसको बजन १५० ग्राम रहेको थियो ।



