काठमाण्डाै – हप्ताको पहिलो दिन आज शेयर बजार दोहोरो अङ्कले घटेर एक हजार नौ सय विन्दुभन्दा तल झरेको छ । शेयर बजार परिसूचक नेप्से आज (आइतवार) १८ दशमलव ८० अङ्कले घटेर एक हजार आठ सय ८५ दशमलव ६० विन्दुमा झरेको हो ।

आज होटल तथा पर्यटनबाहेक सबै समूहको शेयर घटेर राताम्मे हुँदा जीवन बीमा समूहको शेयर उच्च अङ्कले घटेको छ । यस्तै विकास बैंक, फाइनान्स, माइक्रोफाइनान्स, जलविद्युतलगायतका समूहको शेयर पनि उच्च अङ्कले घटेको छ ।

शेयर बजारसँगै कारोबार रकम पनि घटेको छ । आज दुई सय ६५ वटा कम्पनीका २७ लाख ३४ हजार कित्ता शेयर ८२ करोड ८५ लाख रुपैयाँमा कारोबार भएका छन् । गएको बिहीवार ९८ करोड ३३ लाख रुपैयाँको कारोबार भएको थियो । आज सबैभन्दा धेरै मोलुङ हाइड्रोपावरको तीन करोड ११ लाख रुपैयाँ बराबरको शेयर किनबेच भयो ।

आज गुडविल फाइनान्स र गणपति लघुवित्तको शेयर पाँच प्रतिशतभन्दा धेरैले घटेको छ । समग्रमा बजार घटे पनि आज आदर्श लघुवित्त, सनराइज व्यूसीप फन्ड र कालिञ्चोक दर्शन लिमिटेडको शेयर १० प्रतिशतले बढेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय