काठमाडौँ – प्रतिनिधिसभा सदस्य उपनिर्वाचनअन्तर्गत तनहुँ–१ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार स्वर्णिम वाग्ले हालसम्म ५ हजार ९०० सय मत पाएका छन् ।

सत्ता गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका गोविन्द भट्टराईले २६ सय ८७ मत प्राप्त गरेका छन् भने एमालेका उम्मेदवार सर्वेन्द्र खनालले १६ सय ५७ मत पाएका छन् ।

तनहुँ १ मा राति साढे १२ बजेबाट मतगणना सुरु भएको हो । बारा २ मा भने अहिले सर्वदलीय बैठक बस्दैछ। चितवन २ मा पनि मतगणना सुरु हुन सकेको छैन।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय