झापाको दमकमा मुख्य कार्यालय रहेको कन्काइ बिकास बैकले दमकको सम्बृद्धि र बिकासमा आफूहरु नगरपालिकासंग हातोमालो गरेर अघि बढ्ने बताएको छ ।
दमक नगरपालिकाका प्रमुख र उपप्रमुख, वडाध्यक्ष सहित सम्पूर्ण सदस्यहरुलाइ स्वागत सम्मान कार्यक्रम राख्दै बैकको तर्फबाट यस्तो धारणा सार्वजनिक गरिएको हो ।
बैकका प्रमुख कार्यकारी अधिकृत प्रकाशमान बज्रचार्यले दमकमा नै मुख्य कार्यालय रहेको बताउदै दमकको बिकास र सम्बृद्धिमा दमक नगरपालिकाले ल्याउने योजनामा सकेको हातेमालो गर्न तयार रहेको बताए ।
बैकका अध्यक्ष सेवक दाहालको अध्यक्षतामा भएको कार्यक्रममा दमक नगरपालिकाका प्रमुख रोमनाथ ओली र उपप्रमुख रोमनाथ ओलीले बिकासका लागि आफूले जून ठाँउबाट जे सकिन्छ त्यो गर्न आग्रह गरेका थिए ।
दमकलाइ अन्य स्थानीय तह भन्दा फरक पहिचान बनाउनका लागि लाग्नु पर्ने भन्दै यसमा बैकहरुको भूमिका पनि महत्वपूर्ण हुने उनिहरुको भनाइ थियो । गरिबीको रेखामुनि रहेका नगरबासीहरुलाइ लक्षित गरेर कार्यक्रम ल्याउन आग्रह गरेका थिए।



