पाकिस्तानको स्वात जिल्लाको कबाल सहरमा रहेको काउन्टर टेररिज्म डिपार्टमेन्टको प्रहरी चौकीमा सोमबार राति आत्मघाती हमला भयो ।

प्रहरी चौकीमा दुई वटा विस्फोट हुँदा आगलागी भयो । यस आक्रमणमा १२ प्रहरीको मृत्यु भएको छ । जबकि ४० जना घाइते छन् ।

घाइतेलाई उचित उपचार उपलब्ध गराउन नजिकका सबै अस्पतालमा आपत्कालीन अवस्था घोषणा गरिएको छ ।

आक्रमणपछि खैबर पख्तुनख्वामा उच्च सतर्कता अपनाइएको छ । विस्फोटबाट प्रहरी चौकीको छत भत्किँदा धेरै मानिसहरू भग्नावशेषमा दबिएको घटनास्थलमा उपस्थित मानिसहरूले बताएका छन् ।

जिल्ला प्रहरी अधिकारी स्वात शफिउल्लाहले यसलाई आतङ्कवादी हमला भनेका छन् । विस्फोटका कारण तीन वटा भवन भत्किएको उनले बताए ।

विस्फोट लगत्तै प्रहरी चौकीमा आगलागी भयो । जसमा प्रहरीको जलेर मृत्यु भएको छ । पाकिस्तानी सेनाले केही दिनदेखि उक्त क्षेत्रमा आतङ्कवादी विरुद्ध कारबाही गरिरहेको छ ।

स्वातको काउन्टर टेररिज्म प्रहरी चौकीमा भएको आक्रमणपछि प्रधानमन्त्री शाहबाज सरिफलगायत देशका शीर्ष नेताहरूले शोक व्यक्त गरेका छन् ।

गृहमन्त्री राणा सनाउल्लाहले देशको सुरक्षामा आफ्नो ज्यान गुमाउने प्रहरी अधिकारीको योगदानलाई सदैव सम्झने बताए ।

उनले समग्रमा प्रतिवेदन माग गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय