दुबईका शासक शेख मोहम्मद बिन रसिद अल मकतूमले शुक्रबार आफ्ना दुई छोरालाई इमिरेट्सको उप–शासकमा नियुक्त गरेको घोषणा गरेका छन् । दुबई मिडिया अफिसले गरेको ट्विटमा मकतूम बिन मोहम्मदलाई दुबईको पहिलो उपशासक बनाइएको छ भने अहमद बिन मोहम्मदलाई दोस्रो उपशासक बनाइएको छ ।

‘युएईका उपराष्ट्रपति र प्रधानमन्त्री शेख मोहम्मद बिन रसिद अलमकतूमले दुबईको शासकको रूपमा २०२३ को डिक्री नम्बर २१ जारी गरेर दुबईको पहिलो उप शासकको रूपमा शेख मकतूम बिन मोहम्मद बिन रशीद अल मकतौम र दुबईको दोस्रो उप शासकको रूपमा शेख अहमद बिन मोहम्मद बिन रशीद अल मकतूम नियुक्त गरेका छन्।’

मकतुम बिन मोहम्मदले संयुक्त अरब इमिरेट्सका उपप्रधानमन्त्रीसँगै अर्थमन्त्रीको जिम्मेवारी पनि सम्हालिरहेका छन् । उनका भाइ अहमद बिन मोहम्मद दुबई मिडिया काउन्सिलका अध्यक्ष छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय