रुसी आक्रमणमा परी पाँच जना बालबालिकासहित २६ जना युक्रेनी मारिएका छन्। युक्रेनमाथि करिब दुई दर्जन क्षेप्यास्त्र प्रहार गरेर रुसले ती गैरसैनिक मारेको युक्रेनी अधिकारीहरूले बताएका छन्।

मध्य युक्रेनको ऐतिहासिक शहर उमानको आवासीय क्षेत्रमा रुसले हवाई हमला गरेको हो। भत्केका भवनका भग्नावशेषबाट मृतकका शव निकालिएका हृदयविदारक दृश्य एएफपीका पत्रकारले देखेका थिए। भग्नावेशषबाट बालबालिकाका शव पनि निकालिएका थिए।

यो वर्ष शिशिर यामको प्रारम्भमा ऊर्जा र इन्धन प्रवाह गर्ने युक्रेनी पूर्वाधारमा आक्रमण गरेर रुसले जनजीवन कष्टकर पारेको थियो। केही समयका लागि आक्रमण बन्द गरेको रुसले नागरिक संरचना तथा आवासमा पुनः हमला थालेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय