नेपाल क्रिकेट संघ (क्यान) ले मलेसियाको महिला टिमसँग हुने सिरिजका लागि राष्ट्रिय महिला क्रिकेट टिमको घोषणा गरेको छ ।

मे २९ देखि जुन ४ सम्म मलेसियामा हुने यस वायल्याटरल सिरिजका लागि १८ सदस्यीय टिमको घोषणा गरेको हो ।

नेपाली महिला टिमले मलेसियासँग पाँच टी-२० खेलको सिरिज खेल्न लागेको हो । सिरिजको पहिलो खेल मे २९ मा खेल्ने छ भने दोस्रो मे ३० मा, तेस्रो खेल जुन १ मा, चौथो खेल जुन ३ मा र पाँचौँ खेल जुन ४ मा खेल्ने छ ।

सबै खेल मलेसियाको वाईएसडी युकेएम ओभल मैदानमा हुने छन् । टिमका प्रशिक्षकको जिम्मेवारी भने सामसंग जंग थापालाई दिइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर