२७ औँ शृङ्खलाको मिस नेपाल अर्थात् ‘मिस नेपाल २०२३’ को फिनाले आगामी १३ जेठमा हुँदैछ ।

ललितपुर गोदावरीको सनराइज कन्भेन्सन सेन्टरमा आयोजना हुने प्रतियोगिताका लागि २४ सुन्दरी भिड्नेछन् । प्रतियोगितामा ‘मिस नेपाल वर्ल्ड’, ‘मिस नेपाल इन्टरनेसनल’ र ‘मिस नेपाल अर्थ’ जस्ता तीन शीर्ष उपाधि सहित विभिन्न सह–उपाधि विजेता पनि घोषणा हुनेछ ।

प्रतियोगिताको शीर्ष उपाधिका लागि अन्तिम स्पर्धामा भिड्न २४ सुन्दरी अहिले प्रतिभा निखार्दैछन् । जसका लागि उनीहरू विभिन्न प्रशिक्षणमा छन् ।

प्रशिक्षणका क्रममा उनीहरू आफूलाई जिम, डान्स, स्पीच र वाक लगायत विषयमा कोरियोग्राफरबाट निखारिरहेका छन्, भने पपुलर च्वाइसका लागि भोट पनि माग्दैछन् । यस वर्ष विभिन्न उपविधालाई पनि प्राथमिकता दिइएको छ ।

कम्तिमा ५ फिट ३ इन्च उचाइ तथा १८ देखि २७ वर्ष उमेरसम्मका प्रतियोगी सहभागी प्रतियोगिताको ‘ट्यालेन्ट राउन्ड’ र ‘फिटनेस राउन्ड’ सकिएको छ । ‘ट्यालेन्ट राउन्ड’ केही दिन अगाडि पोखरमा आयोजना भएको थियो, भने फिटनेस राउन्ड’ बिहीबार काठमाडौँमै गरिएको थियो ।

११ वटा सहविधा मध्य ९ वटाका लागि आगामी जेठ ४ गते विभिन्न प्रतिस्पर्धा आयोजना हुने आयोजक हिडन ट्रेजरका  प्रमोद कंसाकारले बताए । विगतका भन्दा यसवर्ष प्रतियोगिता अझै धूमधामसँग आयोजना हुने उनको भनाई छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय