दमक । कदम थिएटर दमकले नाटक गाई कि त्रिशूल मञ्चन गर्ने भएको छ । दमकमा नियमित नाटक मञ्चन गर्दै आएको कदमले मंगलबारदेखि नाटक मञ्चन गर्न लागेको हो । चुलाचुली रंगमञ्चको चुलाचुली नाट्य पाठशालामा मञ्चन भएको नाटक चकलेटलाई थप परिमार्जन गरेर नाटक गाई कि त्रिशूल मञ्चन गर्न लागिएको निर्देशक मनिक शंकरले जानकारी दिए ।

चुलाचुली रंगमञ्चले आयोजना गरेको चुलाचुली नाट्य पाठशाला उत्सवमा मञ्चन हुँदै नाटक चकलेट

सर्वोदय बोर्डिङ स्कुलसँगको सहकार्यमा मञ्चन हुन लागेको नाटकमा बालमनोविज्ञानलाई समेटिएकोअर्का निर्देशक दीपक खरेलले जानकारी दिए । ‘बालबालिकाले नियमित रुपमा पाउने दुई रुपैयाँको अभाव पछि उनीहरुको मनोविज्ञानमा परेको असरलाई नाटक गाई कि त्रिशूलले समेटेको छ,’ खरेल भन्छन्, ‘यो नाटक बालबालिकाद्वारा अभिनय गरिएको, बालमनोविज्ञान बोकेको नाटक हो । नाटक बालमैत्री पनि छ । तर यसलाई बाल नाटक भन्न हामी रुचाउँदैनौँ ।’ सामाजिक र राजनीतिक उथलपुथलले विद्यालयमा पढ्दै गरेका बालबालिकाहरुको मनोविज्ञानमा पु¥याएको असरलाई नाटकमार्फत देखाउन खोजिएको निर्देशक खरेल बताउँछन् ।

कदमले यो नाटकलाई रूपान्तरण गरेर ‘गाई कि त्रिशूल’ मञ्चन गर्दैछ ।

प्रकाश शर्मा अधिकारी र सिजन दाहालले नाट्य रूपान्तरण गरेको नाटकलाई कदम थिएटरका दिपक खरेल र मनिक शंकरले निर्देशन गरेका छन् । यो नाटक फागुन २ गतेदेखि ८ गतेसम्म मञ्चन हुने भएको छ ।

कदम थिएटरले ‘विद्यालयमा रंगमञ्च’ अभियानमा दमकका केही विद्यालयहरुमा नाटक प्रशिक्षण गराइरहेको छ । यसैअन्तर्गत यो एक वर्षमा दमक कै सर्वोदय बोर्डिङमा विद्यार्थीहरुलाई अभिनय कार्यशाला गराएपश्चात यो नाटक तयार पारिएको कदम थिएटरका कला निर्देशक सिजन दाहालले जानकारी दिए । ‘विद्यार्थीहरुलाई किताबका शिक्षासँगै सीपयुक्त ज्ञान पनि बाँड्नुपर्छ भन्ने उद्देश्यले रुची भएका आफ्ना विद्यार्थीहरुलाई अभिनय कक्षा गराइएका हौँ,’ उनले भने । नाटकमा दिप्लक राई, कुशल बस्नेत, नम्रता ओझा, गरिमा बस्नेत, अनिस्मा पौडेल, आयुस भण्डारी, सनोज तामाङ, इशान केरुङ लिम्बू, निराजन बस्नेत, मञ्जिल लिम्बु र एलेक्स नेपालीले अभिनय गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय