दैलेख  जिल्लाको भैरवी गाउँपालिका-२ रावतकोटस्थित एक घरमा आगलागी भएको छ।

स्थानीय रामबहादुर थापाको घरमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय दैलेखका डीएसपी किशोर लम्सालले बताए। ढुंगा माटोले बनेको दुई तले कच्ची घरमा आगलागी भएको डीएसपी लम्सालले जानकारी   दिए।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

आगलागी हुँदा पशुचौपाया र अन्नपात जलेको छ। घरमा झण्डै एक लाख २० हजार बराबरको काठ र दुई लाख ५० हजार बराबरको धनमाल जलेर नष्ट भएको छ।

आगलागीमा पाँच वटा बाख्रा र एक वटा गोरु जलेर मृत्यु भएको छ। एउटा गोरु जलेर घाइते भएको प्रहरीले जनाएको छ।