निजम केशी फिल्म्स् (Nizam KC Films) ले आफ्नो लघु चलचित्रको एल्बम युटुब मार्फत सार्वजनिक गरेको छ। विकृत मनोविज्ञानका तिन कथा संसारमा देश होस कि घर, समाज होस कि परिवार त्यसको अगुवाको मनोविज्ञानले धेरै राम्रा पनि कुरा भएका छन् । धेरै नराम्रा पनि कुरा भएका छन् । विगतमा हाम्रो समाजमा फलानो ज्ञानी, फलानो पागल सम्म भन्यो सक्यो हुन्थ्यो । तर अहिले मानसिक स्वास्थ्यलाई पनि महत्व दिन थाले पछि त्यसले धेरै मनोविज्ञानमा देखिने समस्याहरुको उपचार सहज भएको छ ।
अष्ट्रेलियाको एडिलेडमा रहेर संचार तथा भिडियो निर्माणमा लागेका निजम केशीले मानिसमा देखिने समस्या ग्रस्त मनोविज्ञान वारेमा तिन लघु कथाको भिडियो हालै सार्वजनिक गरेका छन् ।

कथामा अभिनयमा समेत दुरुस्तै उतारेका केशीले पहिलो भिडियोमा भविष्य वाणी गर्न सक्ने क्षमताबारेमा देखाउने प्रयास गरेका छन् । मनोविज्ञानमा आधारित भिडियो मध्यको दोस्रोमा अपराधिक वाल मनोविज्ञानलाई देखाउन खोजेका छन् । जसको वच्चा देखिकै मनोविज्ञानले ठुलो भए पछि पनि परिवार भित्रै भाउजु माथीको हिंसालाई देखाईएको छ ।

त्यसै गरि तेस्रो कथामा प्रेमीका संगको विकृत प्रेमलाई देखाउन खोजेका छन् । जसमा एक युवकले प्रेमीकालाई खुशी देख्न साथीकै हत्या गर्छ । अन्धो प्रेमले मिल्ने साथीको हत्या गरेर कथा समाप्त हुन्छ ।

एउटा कथा नेपाल र दुइबटा कथा अष्ट्रेलियामा छायांकन गरिएको छ । जसको कथा लेखन र निर्देशन समेत केशीले नै गरेको छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah