जिम्बाब्वेमा जारी आइसिसी विश्वकप छनोट २०२३ अन्तर्गत  यूएईविरुद्धको प्लेअफमा खेलमा नेपालले पहिलो सफलता हात परेको छ ।
नेपाललाई पहिलो सफलता तीव्र गतिका बलर करण केसीले दिलाए । उनले खेलको दोस्रो बलमा नै विकेट लिएका हुन् । करणले आक्रामक ब्याटर आसिफ खानलाई शून्यमै पवेलियनको बाटो देखाए । 
हरारेमा रहेको ताकासिङ्गा स्पोर्ट्स क्लबमा जारी खेलमा नेपालले टस जितेर पहिला फिल्डिङ गरिरहेको हो । विश्वकप छनोटको सुपर सिक्समा पुग्न नसकेको नेपालले यूएईसँग प्लेअफ खेलिरहेका हुन् । 
यो खेलको विजेता टोलीले सातौं स्थानको लागि आयरल्याण्डसँग प्रतिस्पर्धा गर्नेछ । पराजित टोलीले  नवौँ स्थानका लागि अमेरिकासँग खेल्नेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय