विश्वमा लिंग परिवर्तन गरेर महिला पुरुष बने वा पुरुषले महिलाको स्वरुप लिए भन्ने भन्ने समाचार त सुन्दै आएका छौँ । तर दुनियाँबाट टाढाको दुरीमा रहेको क्यारेबियनको एउटा गाउँमा यस्तो रहस्यमयी घटना भइरहेको छ, जुन सुन्दा जोकोहीलाई पनि पत्यार नलाग्न सक्छ । उक्त ठाउँमा बच्चा जन्मदा केटीको रुपमा र जवान हुदै जाँदा उनीहरुको शरिर केटाको स्वरुपमा बदलिने गर्दछ ।

बीबीसी२ काउन्टडाउन टु लाइफ ले यस्तो अनौठो घटना सार्वजनिक गरेको छ । क्यारेबियनमा रहेको सेलिनास एउटा यस्तो गाउँ हो, जहाँ बच्चाहरु जन्मिदा केटीको शरिर लिएर आएका हुन्छन् भने समयसँगै उमेर बढ्दै जादाँ उनीहरुको शरिर केटाको शारीरिक संरचनामा परिवर्तन हुने गर्दछ ।

यसमा उक्त ठाउँका जोनी नाम गरेका एक व्यक्तिको कहानी देखाइएको छ । उनको जन्म केटीका रुपमा भएको थियो । उक्त समयमा उसका आमाबाबुले उसको नाम फेलिसिटिया राखिदिएका थिए । जन्मदाको समयमा उसको शरिर सम्पूर्ण रुपमा केटीको रहेको थियो । उसलाई केटीको लुगा लगाइदिने, केटीको खेलौना किनिदिने र सम्पूर्ण व्यवहार पनि केटीकै रुपमा गरिन्थ्यो ।

आफ्नो बालापनको समयलाई सम्झदै जोन बनिसकेका फेलिसिटियाले भने, मलाई कहिल्यै पनि केटीको रुपमा रहन र लुगा लगाउन मन पर्दैनथ्यो । उनलाई केटीको खेलौना खेल्न पनि मन पर्दैनथ्यो । उनको जन्म अस्पतालमा नभई घरमा भएकाले पनि उसको अलग शारीरिक संरचनाका बारेमा कसैले पत्तो पाउन पनि सकेनन । उनको शारीरिक संरचना केटाको जस्तो थिएन । न त पुरै केटीको जस्तो नै रहेको थियो । जब फेलिसिटिया ७ बर्षकी भइन्, उनको शरिरको संरचनामा परिवर्तन देखिन सुरु भयो । उनको शरिर केटाको स्वरुपमा बदलिन सुरु भयो । अहिले उनी २४ बर्षका भए र पूर्ण रुपमा केटाको जिन्दगी बाँचिरहेका छन् ।

कसरी हुन्छ यो परिवर्तन ?
डाक्टरका अनुसार यो कुनै चमत्कार होइन । यो एउटा दुर्लभ अनुवांशिक विकार हो । जसमा गर्भमा हुर्किरहेको बच्चाको शरिरमा पुरुषको लैगिंक हर्माेन(डीहाइडे टेस्टोस्टेरोन) बन्न सक्दैन । सुरुवातमा गर्भमा हुर्किरहेको हरेक बच्चाको लिंग एउटै जस्तो देखिने गर्दछ । आठौँ हप्तामा यदि शिशुको शरिरमा डीहाइडे टेस्टोस्टेरोन हर्माेन बन्न सुरु भयो भने उसको जन्म केटाको रुपमा हुने गर्दछ । तर कतिपय पुरुष बच्चाहरुमा यो हर्माेन गर्भमा बन्न सक्दैन । जसले गर्दा जन्मको समयमा उसको शरिर केटीको जस्तो देखिने गर्दछ । तर उमेर बढ्ै जादाँ उनीहरुको शरिरमा पुरुष हर्माेनको विकास हुने गर्दछ । खासगरेर १२ बर्ष बितिसकेपछि उनीहरुको शारीरिक संरचना पुरुषको रुपमा विकसित हुने गर्दछ ।


यस्तो रहस्यमयी गाउँ
क्यारेबियामा रहेको सेलिनासमा यस्ता कयौँ अनौठा घटनाहरु बाहिर आइसकेका छन् । यो गाउँ हालसम्म पनि विकासका पूर्वाधारहरुबाट निकै पछाडि रहेको छ । यहाँ जन्मिएका ९० मध्ये कुनै एक बच्चाहरुमा यस्तो खालको समस्या हुने गर्दछ । अर्थात केटीको शरिरमा केटाको जन्म हुने गर्दछ । जो एक निश्चित समयपछि केटा बन्ने गर्दछ । ती बच्चाहरुलाई अन्तरलिङगी(इन्टरसेक्स) भनिने गर्दछ । न त उनीहरु पूर्ण रुपमा केटा हुन्छन्, न त पूर्ण रुपमा केटी नै ।

प्रतिक्रिया

सम्बन्धित खवर