अफगानिस्तानको सरकार कब्जा गरेको आतंकवादी संगठन तालिबानले देशका सबै ब्यूटी पार्लर बन्द गर्ने आदेश जारी गरेको छ । ब्युटी पार्लर सञ्चालन गर्ने महिलालाई बन्द गर्न एक महिनाको समय दिइएको छ । तर, यो प्रतिबन्धको कारण भने खुलाइएको छैन ।

तालिबानले १५ अगस्ट २०२१ मा काबुलसँगै सम्पूर्ण अफगानिस्तान कब्जा गरेको थियो । त्यसयता यसले युवती, महिलाको शिक्षा र जागिरसम्बन्धी सबै अधिकार खोसिएको छ । अफगानिस्तानमा हजारौं ब्यूटी पार्लरहरू छन् र त्यसबाट धेरै महिलाहरूले रोजगारी पाउँछन् । अब उनीहरुका पार्लर बन्द हुनेछन् । तालिवानको गृह मन्त्रालयले ब्यूटी पार्लरमा प्रतिबन्ध लगाउने आदेशको पुष्टि गरेको छ । अफगानिस्तानमा हजारौं ब्यूटी पार्लरहरू छन् । उनीहरुको स्वामित्व महिलामा मात्रै छ । यो अध्यादेशसँगै यी महिलाको रोजगारी खोसिनेछ । अधिकांश पार्लरहरू घरमा महिलाहरूले खोलेका थिए र यहाँ कुनै पनि पुरुषलाई प्रवेशमा कडा प्रतिबन्ध थियो।

अचम्मको कुरा, तालिबान सरकारले ब्यूटी पार्लर बन्द गर्ने निर्णयको कारण भने दिएको छैन । समाचार एजेन्सीले यसबारे प्रश्न गर्दा तालिवानको तर्फबाट भनिएको थियो– एक महिना बित्न दिनुहोस्, कारण पछि मात्र बताइनेछ । २० वर्षदेखि अफगानिस्तानमा हजारौं ब्यूटी पार्लरहरू थिए । त्यसपछि तालिबानले धेरै पटक भनेका थिए, यी पार्लरहरू बेकार कुराकानी र गफका लागि प्रयोग गरिन्छ । केही दिनअघि अफगान केटीहरूलाई शिक्षाको अधिकार दिन अनलाइन अभियान चलाइएको थियो । केही दिनअघि अफगान केटीहरूलाई शिक्षाको अधिकार दिन अनलाइन अभियान चलाइएको थियो ।

तालिबानको निर्णयपछि काबुलको एक ब्युटी पार्लरका व्यवस्थापकले भने– तालिवानले अफगानिस्तानबाट महिलालाई निकालेको भए राम्रो हुन्थ्यो । हालै तालिबानले एक आदेश जारी गर्दै युएनसँग आबद्ध एनजीओमा महिलाले काम गर्न नपाउने बताएको थियो । यसपछि सरकारी जागिरमा रहेका महिलालाई पनि गोप्य रूपमा जागिरबाट हटाइयो । तालिबान सरकारले ब्यूटी पार्लरहरू बन्द गर्न लेटर हेडमा आदेश जारी गरेको छ। यसमा सर्वोच्च नेता हिब्तुल्लाह अखुन्दजादाले हस्ताक्षर गरेका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

divinegc.com
mimislot
mimislot
Social Media Strategy
babaslot
mimislot
slot gacor
arhivs.jekabpilslaiks.lv