अफगानिस्तानको सरकार कब्जा गरेको आतंकवादी संगठन तालिबानले देशका सबै ब्यूटी पार्लर बन्द गर्ने आदेश जारी गरेको छ । ब्युटी पार्लर सञ्चालन गर्ने महिलालाई बन्द गर्न एक महिनाको समय दिइएको छ । तर, यो प्रतिबन्धको कारण भने खुलाइएको छैन ।

तालिबानले १५ अगस्ट २०२१ मा काबुलसँगै सम्पूर्ण अफगानिस्तान कब्जा गरेको थियो । त्यसयता यसले युवती, महिलाको शिक्षा र जागिरसम्बन्धी सबै अधिकार खोसिएको छ । अफगानिस्तानमा हजारौं ब्यूटी पार्लरहरू छन् र त्यसबाट धेरै महिलाहरूले रोजगारी पाउँछन् । अब उनीहरुका पार्लर बन्द हुनेछन् । तालिवानको गृह मन्त्रालयले ब्यूटी पार्लरमा प्रतिबन्ध लगाउने आदेशको पुष्टि गरेको छ । अफगानिस्तानमा हजारौं ब्यूटी पार्लरहरू छन् । उनीहरुको स्वामित्व महिलामा मात्रै छ । यो अध्यादेशसँगै यी महिलाको रोजगारी खोसिनेछ । अधिकांश पार्लरहरू घरमा महिलाहरूले खोलेका थिए र यहाँ कुनै पनि पुरुषलाई प्रवेशमा कडा प्रतिबन्ध थियो।

अचम्मको कुरा, तालिबान सरकारले ब्यूटी पार्लर बन्द गर्ने निर्णयको कारण भने दिएको छैन । समाचार एजेन्सीले यसबारे प्रश्न गर्दा तालिवानको तर्फबाट भनिएको थियो– एक महिना बित्न दिनुहोस्, कारण पछि मात्र बताइनेछ । २० वर्षदेखि अफगानिस्तानमा हजारौं ब्यूटी पार्लरहरू थिए । त्यसपछि तालिबानले धेरै पटक भनेका थिए, यी पार्लरहरू बेकार कुराकानी र गफका लागि प्रयोग गरिन्छ । केही दिनअघि अफगान केटीहरूलाई शिक्षाको अधिकार दिन अनलाइन अभियान चलाइएको थियो । केही दिनअघि अफगान केटीहरूलाई शिक्षाको अधिकार दिन अनलाइन अभियान चलाइएको थियो ।

तालिबानको निर्णयपछि काबुलको एक ब्युटी पार्लरका व्यवस्थापकले भने– तालिवानले अफगानिस्तानबाट महिलालाई निकालेको भए राम्रो हुन्थ्यो । हालै तालिबानले एक आदेश जारी गर्दै युएनसँग आबद्ध एनजीओमा महिलाले काम गर्न नपाउने बताएको थियो । यसपछि सरकारी जागिरमा रहेका महिलालाई पनि गोप्य रूपमा जागिरबाट हटाइयो । तालिबान सरकारले ब्यूटी पार्लरहरू बन्द गर्न लेटर हेडमा आदेश जारी गरेको छ। यसमा सर्वोच्च नेता हिब्तुल्लाह अखुन्दजादाले हस्ताक्षर गरेका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय