ट्राफिक जाम ठूला सहरको चिनारी तथा मुख्य समस्या नै हो । बिहानै उठेर अफिस जानुपर्ने कामकाजी मानिसहरुका लागि ट्राफिक जामले हैरानै बनाउँदछ । जामका कारण समयमा अफिस वा कार्यस्थलमा पुग्न नपाउँदा खानुपर्ने खप्की तथा बेहोर्नुपर्ने घाटा र समस्याका कुरै नगरौँ ।जामको यो समस्याबाट पार पाउनका लागि जर्मनीका एक व्यक्तिले गज्जबको समाधान निकालेका छन् ।

जर्मनीको म्युनिख सहरका बेन्जामिन डेभिड नामका यी व्यक्ति ट्राफिक जामको समस्याबाट पीडित थिए र प्रायः आफ्नो अफिसमा ढिला पुग्थे ।तर अहिले उनले यो समस्याको सामना गर्नु पर्दैन । अहिले उनी अफिस जानका लागि सडकको जाम कुर्नु पर्दैन । उनी नदीको बाटो हुँदै जान्छन् ।उनी दिनहुँ आफ्ना कपडा, ल्यापटप तथा जुत्ता एउटा वाटर प्रुफ झोलामा कोचेर सहरको बीचबाट बग्ने इसार नदी पौडी खेलेर पार गर्दछन् र अफिस जान्छन् ।

उनले दिनहुँ अफिस जान आउनका लागि २ किलोमिटर पौडिन्छन् ।कतिपय मानिसहरु उनको यो कार्य देखेर हाँस्छन् पनि । तर उनलाई मानिसको खिसी देखि कुनै मतलब छैन । उनी यसैगरी अफिस जान रुचाउँछन् । आजकल जाम कुर्नु नपर्दा उनी सधै समयमै अफिस पुग्न थालेका छन् ।एजेन्सी

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah