एजेन्सी । जर्मनीमा हालै गरिएको एक सर्भेमा सोधिएको थियो, ‘दश लाख युरो (करिब १२ करोड नेपाली रुपैयाँ) पाउनका लागि तपाइँ के गुमाउन तयार हुनुहुन्छ ?’ सहभागीहरुले यस्तो जवाफ दिए, जुन तपाइँको कल्पना भन्दा बाहिरको हुनसक्छ ।

euro

सर्भेमा सहभागीमध्ये सबैभन्दा धेरै अर्थात् ३९ प्रतिशतले यति पैसाका लागि एक वर्षसम्म सेक्स नगरी बस्न तयार हुने बताए । यस्तै २७ प्रतिशत सहभागी आफ्नो ड्राइभिङ लाइसेन्स त्याग्न सहमत भए । मतलब उनीहरु जिन्दगीभर गाडी त्याग्न तयार छन् ।

यस्तै ७ प्रतिशतले तीन वर्षका लागि आफ्नो जीवन नै सुम्पिन तयार रहेको जवाफ दिए । यसैगरी दुई प्रतिशतले आफ्ना पाँच ज्ञानेन्द्रीय (नाक, कान, आँखा, जिभ्रो, छाला) मध्ये एक गुमाउन तयार रहेको बताए ।

अझ एक प्रतिशत त विकलाङ्ग हुन तयार देखिए ।

यस्तो नतिजा ‘हामी जर्मन र धन’ नामक सर्भेमा सामने आएको हो । अब यसलाई एउटा पुस्तकको रुप दिइँदैछ । गएको अप्रिलदेखि जुन महिनासम्म भएको सर्भेमा करिव दुई लाख मानिस सहभागी भएका थिए ।

सर्भेले जर्मनहरु आफ्नो पैसा कहाँ राख्छन् भन्ने कुरा पनि बाहिर ल्याएको छ । सहभागीमध्ये अधिकांशले बचतमा रुची रहेको बताए । यद्यपी यसरी बैंकहरुमा राखिएको पैसाको व्याजदर नगन्य छ । यस्तै २५ प्रतिशतले आफ्नो पैसा शेयर बजारमा कहिल्यै नलगाउने बताए । किनकी उनीहरुलाई आजको अर्थ व्यवस्थामाथि नै शंका छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय