वर्षाले अवरूद्ध बनेको एसिसी यु१९ प्रिमियर कपअन्तर्गत नेपाल र युएईबीचको खेल सुरू भएको छ। १५.१ ओभर खेल्दा युएईले २ विकेट गुमाएर ७७ रन जोडेको छ।

टस जितेर ब्याटिङ गरेको नेपालले युएईलाई २ सय ८१ रनको लक्ष्य दिएको छ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

नेपालका लागि कप्तान देव खनाले कीर्तिमानी शतक पूरा गरेका थिए। उनले ९० बलमा शतक रन पुरा गरेका थिए।

नेपालले खराब सुरूआत गरेको थियो। नेपालले १४ रन जोड्दा २ विकेट गुमाइसकेको थियो।

नेपालका लागि उत्तम थापा मगरले ५७ रन जोडे भने अर्जुन कुमालले ५५ रन बनाए। अर्जुन र देवले तेस्रो विकेटका लागि एक सय २५ रनको उत्कृष्ट शतकीय साझेदारी गरे। दीपक डुम्रेले २८ रन बनाए भने दीपेश कँडेलले १०, दीपक बोहराले पाँच, हेमन्त धामीले सात तथा विशाल विक्रम केसी तीन रनमा आउट भए।

युएईका लागि हरित शेठ्ठीले पाँच विकेट लिए भने कप्तान आयन खानले दुई विकेट लिए।