यस वर्षको मनसुन प्रणाली आजदेखि नेपाल भित्रिएको छ ।कोशी प्रदेशको पूर्वी भू-भागबाट प्रणाली प्रवेश गरेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यस वर्षको मनसुन सरदर मिति भन्दा ३ दिन छिटो गरि प्रवेश गरेको छ ।
अब देशको अन्य भू-भागहरूमा भने केही दिनमा क्रमिक रुपमा मनसुन अगाडी बढ्ने देखिन्छ । नेपालमा दक्षिण हिन्द महासागर, भारतको केरला, बंगालको खाडी, सिक्किम हुँदै नेपालको ताप्लेजुङ–इलामतर्फबाट मनसुन नेपाल प्रवेश गर्छ । नेपालमा सरदर जुन १३ मा मनसुन भित्रिने र अक्टुबर २ तारिखमा बाहिरिने गर्दछ । गत वर्ष नेपालमा १२४ दिनसम्म रहेर २८ असोजमा मनसुन बाहिरिएको थियो । सरदर मितिभन्दा एक दिन ढिला गरी ३१ जेठमा भित्रिएको मनसुन १३ दिन ढिलो बाहिरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय