
दमक — झापाको दमकमा शाखा कार्यालय रहेको ओली एण्ड एसोसिएट्सले सोमबार रक्तदान कार्यक्रमको आयोजना गरेको छ ।
रक्तदान गरौं, जिवन बचाऔं भन्ने मुख्य नारा दिएर आयोजना गरिएको सो कार्यक्रममा २१ जनाले रक्तदान गरेको ओली एण्ड एसोसिएट्सका दमक शाखाका सञ्चालक केदारबाबु पौडेलले जानकारी दिए ।
यस संस्थाले सामाजिक उत्तर दायित्व अन्तर्गत यस अघिपनि बिभिन्न सामाजिक कामहरु गर्दै आएको र आगामी दिनमा पनि यस्त कामहरुलाई निरन्तरता दिईने सञ्चालक पौडेलले बताए ।
दमक रेडक्रस सोसाईटी रक्त सञ्चार केन्द्र दमकको प्राबिधिक सहयोगमा रक्तान कार्यक्रमको आयोजना गरिएको थियो ।