झापा – दमकमा बालबालिकाको समस्या पहिचानका साथै राजनीतिक रुपमा सचेत बनाउन उप–प्रमुखसँग बालबालिका कार्यक्रमको थालनी गरिएको छ ।
बालबालिकालाई सामाजिक र राजनितीक रूपमा सचेत बनाउन दमक नगरपालिकाको आयोजनामा उप–प्रमुखसँग बालबालिका कार्यक्रम सुरु गरिएको नगरापलिकाकी उपप्रमुख रेगिना भट्टराई प्रशाईले बताईन । दमक ६ स्थित शूर्याेदय अंग्रेजी माध्यमिक विद्यालयबाट उप–प्रमुखसँग वालवालिका कार्यक्रमको सुरुवात गरिएको छ ।
बालबालिकाहरुले दमक नगरपालिकाकी उप प्रमुख रेगिना भट्टराई प्रसाई समक्ष बालबालिका समस्यासहित समाजिक सरोकारका बिषयमा जिज्ञासा राखेका थिए । त्यस्तै विद्यार्थीहरुले नगरपालिकाले बाल अधिकारका लागि नगरले ल्याएका कार्यक्रम, दमकका सडकको दुरावस्था, सनिबारका दिन बिद्युत कटौती अनियमित भईरहेको लगायतका बिषयमा उपप्रमुखसँग जिज्ञाशा राखेका थिए । उनीहरुको जिज्ञाशालाई नगर उपप्रमुख रेगिना भट्टराई प्रसाईले संबोधन गरेकी थिईन । यो कार्यक्रम सामुदायिक विद्यालयमा पनि संचालन गरिने उनले बताईन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय