झापाको हल्दिवारी गाउँपालिकाले मापदण्ड विना २० लाख ९५ हजार रुपैयाँ इन्धन खर्च गरेको छ । महालेखाले सार्वजनिक गरेको आर्थिक वर्ष ०७९-८० को प्रतिवेदनमा सवारी साधन अनुसार वार्षिक इन्धन खर्च र उपयोगको विवरण खुल्ने गरी गाउँपालिकाले अभिलेख नराखेको स्पष्ट पारिएको छ ।

हल्दिवारीलाई इन्धन खर्च प्रदेश सार्वजनिक खर्चको मापदण्ड र मितव्ययिता सम्बन्धी निर्देशिका, २०७९ मा सवारी साधनको इन्धन मर्मत खर्चमा एकरुपता ल्याउन निश्चित मापदण्ड बनाई कार्यान्वयनमा ल्याउनुपर्ने प्रतिवेदनमा उल्लेख गरिएको छ ।

सरकारी सवारी साधन सरकारी काममा मात्र प्रयोग गर्ने सरकारी साधन अनाधिकृत व्यक्तिले प्रयोग नगर्ने जस्ता व्यवस्था गरेको बताइएको छ । पालिकाले व्याक हो लोडर १, चारपाङ्ग्रे सवारी साधन १ र २१ थान मोटरसाइकलमा प्रयोग गरेको इन्धन खर्चमा रू.२० लाख ९५ हजार खर्च देखाइएको छ ।

इन्धनमा भएको खर्चको वास्तविकता यकिन गरी असुल फस्यौट गर्नुपर्ने भन्दै महालेखाले लगबुक राखेर मात्र खर्च लेख्ने कार्यालयको ध्यानाकर्षण गराएको छ ।
यस्तै, गाउँपालिकाले सोही आर्थिक वर्ष व्याक हो लोडर १, चारपाङ्ग्रे सवारी साधन १ र मोटरसाइकल २१ लगायत सवारी साधन मर्मतमा १९ लाख ९५ हजार र मेशिनरी औजार तथा अन्य मर्मत सम्भारमा ९ लाख ४१ हजार खर्च गरेको छ । सवारी साधन तथा मेशिन औजार मर्मत गर्दा लागत अनुमान तयार गर्ने नगरेको, मर्मत संभार तथा संरक्षण आवेदन फारम तथा मर्मत संरक्षण अभिलेख खाता नराखेको महालेखाले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय