झापा — पछिल्लो समय सदनदेखी सडकसम्म चर्चा पाएको गिरीबन्धु टि स्टेटको जग्गा प्रकरण बारे टि स्टेट प्रालिका सञ्चालकले बुख खोलेका छन् । झापाको बिर्तामोडमा रहेको गिरीबन्धु टि स्टेट प्रालिका सञ्चालक छत्र गिरीले गिरीबन्धु टि स्टेट राज्यको सम्पत्ति नभएको बताएका छन् । संसदले नै ऐन पारित गरेर गिरीबन्धुको जग्गा साटफेर गर्न भनेको उनको दाबी छ ।
बुधबार झापाको बिर्तामोडमा पत्रकार सम्मेलन गर्दै गिरीबन्धुका सञ्चालक गिरीले आफ्नो वा आफ्ना परिवारको स्वामित्वमा भएको गिरीबन्धु टि स्टेट राज्यको सम्पत्ति नभएको बताएका हुन् ।
पत्रकारहरूसामु गिरीबन्धु टि स्टेट आफ्ना बाबु–बाजेले आर्जेको सम्पत्ति भएको र त्यो सम्पत्ति राज्यको नभएको उनले दाबी समेत गरे । उनले आफ्नो निजी सम्पत्तिमा विभिन्न प्रकारको अफवाह फैलाइएको आरोपसमेत लगाएका छन् ।
२०२१ सालमा भूमि सम्बन्धी ऐन लागू हुन अघिनै गिरीबन्धुले चिया खेती विस्तार गरेको गिरीको भनाइ थियो । हदबन्दी छुटमा ५ सय विघा जग्गा राख्ने अनुमति पाएकोमा अहिले गिरीबन्धुको नाममा ३ सय ९० विघा जग्गा रहेको उनले बताए ।
सर्वाेच्च अदालतको हालै गरेको फैसलालाई पालना गर्दै निकास खोज्ने काम भइरहेको उनको भनाइ छ । एकै पटक धेरै जग्गा पाउँन गाह्रो हुने भएकाले विभिन्न व्यक्तिहरूसंगको सहकार्यमा जग्गाको कारोबार सुरु गरेको गिरीले स्वीकार गरेका छन् । दिपक मलहोत्रा, विष्णुबहादुर राईलगायत व्यक्तिहरूसंग जग्गा विषयमा कारोबार भएको उहाँले प्रष्ट पार्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय