कोशी प्रदेशका केही स्थानमा आज पनि हल्का वर्षा भइरहेको छ । मधेस र बागमती प्रदेश लगायत पहाडी भू–भागमा आंशिक बदली भएको छ ।

बाँकी भू–भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहेको छ । आज दिउँसो कोशी प्रदेश लगायत बागमती र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

कोशी प्रदेशलगायत बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका केही स्थानमा तथा बाँकी भू–भागको एक–दुई स्थानमा मेघगर्जन÷चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । राती कोशी प्रदेश लगायत बागमती र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ ।

कोशी प्रदेश र मधेश प्रदेशका थोरै स्थानमा हावा–हुरीको समेत सम्भावना छ ।

काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम २१ दशमलव ८ डिग्री मापन गरिएको छ भने अधिकतम तापक्रम ३४ दशमलव ३ डिग्रीसम्म पुग्ने अनुमान गरिएको छ ।

पछिल्लो २४ घण्टामा सबैभन्दा धेरै ताप्लेजुङ्गमा ३६ दशमलव ७ मिलिमिटर वर्षा भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय