कोशी प्रदेशका अधिकांस भेगमा अहिले भारी वर्षा भइरहेको छ ।
कोशीसहित, मधेस र बागमती प्रदेश तथा गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली भइ एक–दुई स्थानमा मेघगर्जनसहित हल्का वर्षा भइरहेको छ ।
आज दिउँसो कोशी प्रदेश लगायत बागमती र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
आगामी केही दिन मध्य तथा पश्चिमी तराईका भू–भागमा अत्याधिक गर्मीको सम्भावना छ ।
काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम २२ डिग्री मापन गरिएको छ भने अधिकतम तापक्रम ३४ दशमलव ३ डिग्रीसम्म पुग्ने अनुमान गरिएको छ ।
पछिल्लो २४ घण्टामा सबैभन्दा धेरै विराटनगरमा ४६ दशमलव ५ मिलिमिटर वर्षा भएको छ ।