बिर्तामोड : अन्ततः व्यवसायी दुर्गा प्रसाईंद्वारा सञ्चालित झापास्थित बिएन्डसी अस्पतालले मेडिकल कलेजको मान्यता पाएको छ। चिकित्सा शिक्षा आयोगले मंगलबार सम्बन्धन दिने निर्णय गरेसँगै उक्त अस्पतालले मेडिकल कलेजको मान्यता पाएको हो।
प्रधानमन्त्री पुष्पकमल दाहालको अध्यक्षतामा मंगलबार बालुवाटारमा आयोगको १४औं बैठक बसेको थियो। बैठकमा आयोगका सहअध्यक्षद्वय स्वास्थ्य तथा जनससंख्यामन्त्री प्रदीप यादव र शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठ पनि सहभागी थिए।
सर्वोच्च अदालतको आदेशलाई कार्यान्वयन गर्दै बैठकले बिएन्डसीलाई चिकित्सा शिक्षा पढाउन सम्बन्धन दिने निर्णय गरेको हो। उक्त अस्पताललाई कलेजको मान्यता दिनुपर्नेमा प्रधानमन्त्री दाहालले पनि विशेष जोड दिएको बताइएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

divinegc.com
mimislot
mimislot
Social Media Strategy
babaslot
mimislot
slot gacor
arhivs.jekabpilslaiks.lv