
झापाको कमल गाउपालिकामा जारी झापा जिल्ला स्तरीय अन्तरपालिका कर्मचारी फुटबल प्रतियोगितामा आज गौरिगञ्ज गाउपालिका र कनकाई नगरपालिका बिच खेल हुदैछ । यो खेल गुहेश्वरी आधारभुत विद्यालयको दमक–लखनपुर भेट्रान खेल मैदानमा अपरान्ह ३ बजेपछि सुरु हुनेछ । यस्तै हिजो सम्पन्न तेश्रो दिनको खेलमा कचनकवल गाउँपालिका विजयी भएको छ । कचनकवलले बाह्दशी गाउँपालिकालाई २ का विरुद्ध ३ गोल गर्दै जित सुनिश्चित गरेको थियो ।