
प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे माघ १६ गते (भोली) गृह जिल्ला झापा आउनुहुने भएको छ । दुई दिने झापा बसाईमा विभिन्न कार्यक्रमहरुमा सहभागी हुने सचिवालयले जनाएको छ ।
सभामुख घिमिरेले पहिलो दिन दुई वटा सरकारी स्वास्थ्य अस्पतालमा सामग्रीहरु हस्तान्तरण गर्ने कार्यक्रम रहेको छ । हेल्पिङ हेण्ड्स फर रिलिफ एण्ड डेभलपमेन्ट युएसएको आर्थिक सहयोग र वर्क फर नेपालको व्यवस्थापकीय सहयोगमा सभामुख घिमिरे अस्पतालजन्य सामग्रीहरु हस्तान्तरण गर्ने बताइएको छ । बिर्तामोड नगर अस्पताल र खुदुनावारी स्वास्थ्य चोकीमा अस्पतालजन्य सामग्री हस्तान्तरण गर्ने कार्यक्रम तय भएको हो ।