दमक | झापाको दमकमा डेंगु रोगले माहामारीको रुप लिईरहँदा समेत सरकारी निकायले डेंगु नियन्त्रणमा प्रभावकारी काम गर्न नसकेको सर्वसाधारणहरुले गुनासो गरेका छन । विगत केहि दिनयता डेंगुका बिरामीहरुको संख्या बढ्दै जाँदा समेत सरकारी निकाय भने बैठक र छलफमा मात्र ब्यस्त रहेको उनिहरुले आरोप लगाएका छन ।

स्वास्थ्य मन्त्रालय, जिल्ला जनस्वास्थ्य कार्यलय तथा स्थानीय निकायहरु रोग नियन्त्रणमा प्रवाभकारी काम गर्नुको सट्टा छलफलमानै व्यास्तभएको सवत्र आचोलना भइरहेको छ । जिल्ला जनस्वास्थ्य कार्यालय झापाले डेंगुदेखिएका विरामीको निःशुल्क उपचार गर्नका लागि दमक अस्पताललाई तोकेको छ । तर दमक अस्पतालमा रोग पहिचानकालागि आवश्यकपर्ने पेल्टलेस जाँच गर्ने ल्यब समेत छैन । दमकको पहिलो सरकारी अस्पताल दमक अस्पतालमा आवश्यक भौतिक संरञ्चना नहुँदा बिरामी हरुले ठुलो सास्ती खेप्नु परिरहेको गुनासो गरेका छन ।

नेपाल सरकारले केही महिना अघि मात्र उपस्वास्थ्य चौकीबाट स्तर उन्नती गरि १५ शैया सहितको अस्पताल सञ्चालन गर्नेगरि दमक अस्पताल संचालनमा आएको भएपनि आवश्य संरचनाको उचित व्यावस्थापन नहुदाँँ समस्या झनै जटिल बन्दै गएको छ । डेंगु पहिचान भएका विरामीहरुलाई प्रत्यक्ष चिकित्सकहरुमो निगरानीमा राख्नुपर्ने भएपनि अस्पतालमा एउटा पनि बेड नहुदा याहा आएका विरामीहरुले सिडी र भुइमानै सुत्नुपर्ने बाध्यता रहेको छ । अस्पतालमा प्रयाप्त कोठाहरु हुदा हुदैपनि बेड लगायत आवश्यक पुर्वाधारका कुराहरु नहुदा अन्य अस्पतालहरुमा रेफर गर्ने गरिएको छ । सम्बन्धित सरोकारवाल निकायहरुले समयमानै चासो नदिदा समस्या भयावह बन्दैगएको आरोप समेत लाग्न थालेको छ ।

उता इपीडीमीयो लोजी तथा रोगनियन्त्र माहाशाखाका डाक्टर यदुचन्द्र घिमिरे भने दमक अस्पतालाई चाँडै व्यवस्थित गरिने बताउनु हु्न्छ ।

दमक अस्तालका प्रमुख डाक्टर बुद्धि बहादुर थापाभने अस्पताल संचालनका लागि आवस्यक जनशक्ति लगायत भौतिक पूर्वाधारहरुको समेत समस्या रहेको बताउनु हुन्छ ।

दमक लगायत आसपासका क्षेत्रहरुमो समेत डेगु संक्रमणका विरामीहरुको संख्या दिनानु दिन थपि रहदा अस्पताल भने आफै झनै ठुला विरामीभएको छ । याहाँ आउने विरामीहरुलाई २४ घण्टा उपचार सेवा दिनुपर्ने भएपनि अहिले रोग पहिचान भएपनि अन्य अस्पतालमा जानुपर्ने बाध्यता कायमनै रहेको छ । दमक अस्पतालमा विभिन्न तहमा गरि २८ जना प्राविधिक तथा कर्मचारीहरुको दरबन्दि रहेको भएपनि १३ वटा पदहरु खाली रहेको जनाइएको छ । यति सम्मकी अस्पतालमा ल्याव संचालनकालागि आवश्य पर्ने विधुतको बैकल्पिक व्यवस्था समेत हुन सकेको छैन । जसका कारण सेवाग्राहीहरुले अस्पतालमा भएको सुविधा समेत उपभोग गर्न बाट बंचित हुने गरेका छन ।

यस्तै दमक अस्पतालमा आएका बिरामीलाई कमिसनको आधारमा नजिकैको सञ्जिबनी प्याथोलोजि ल्यावमा पठाउने गरेको डेंगु परिक्षणका लागि आएका स्थानीय विरंसिह धिमालले बताए । जुन ल्याब चाँही अनुमती विना सञ्चालन भएको जिल्ला जनस्वास्थ्य कार्यालय झापाले जनाएको छ । उनले भने,‘ सबै भन्दा पहिला यहाँ ल्यावको ब्यवस्था मिलाउनु पर्छ, अस्पताल भईसके पछि एक्स–रे,इमेरजेन्सी सेवा उपलब्ध गराउनु पर्छ’ । दमक अस्पतालमा अहिले विरामीलाई भुईमा राखेर उपचार गर्न अस्पताल बाध्य रहेको छ । अस्पतालको दोश्रो तलामा रहेका सबै कोठाहरु खाली रहेको तर अस्पतालले ठाँउनै नभएको भन्दै बेडै नराखेको दमक उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष विमल खतिवडाले बताए ।

राजनितीक दलको निश्क्रियताका कारण दमक अस्पतालको स्तर उन्नती हुन नसकेको उनको भनाई छ । उनले भने,‘अस्पतालको यस्तो हालत छ राजनीतिक दलका नेतानै यहाँ छैनन्, यो रोग नियन्त्रण्मा राजनीतिक दलको सक्रियता खोई ?’ नेकपा माओवादी केन्द्रका नगर सचिव शंकर बस्नेतले भने आफुहरुले मन्त्रालयमा अस्पतालको बारेमा सम्पर्क राख्दा मन्त्रालयबाट अस्पताल सञ्चालनको लागि सबै सामाग्री उपलब्ध भएको बताउने गरेको बताए । उनले भने,‘ अस्पतालका कर्मचारीमा काम गर्ने जाँगर नभएको हो ५ वटा त पूराना बेड छन् तर कर्मचारी बेड छैन भन्दै बस्छन्’ ।

अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर बुद्धिबहादुर थापाले अस्पतालको स्तरउन्नतीका लागि कुनै पैसा नआएको बताए । उनका अनुसार अस्पतालमा अझै केही स्वास्थ्यकर्मी समेत अभाव छ । उनले भने,‘ तलव भत्ता वाहेक केही पनि आको छैन कर्मचारी त अझै अवाभ छन्, यहाँ भएका कार्मचरी त सरुवा माग्दै जान थालिसके’ । डेंगु रोगको संक्रमितले सधै डाक्टरको निगरानीमा बस्नु पर्ने हुन्छ तर अस्पतालमा बेड अवाभ हुँदा विरामीहरु निजि अस्पतालमा चर्को शुल्क तिरेर बस्न बाध्य रहेका छन् ।

जिल्ला जनस्वास्थ्य कार्यालय झापाले समेत डेंगुको लागि आवस्यक सबै सामग्री दमक अस्पतालमा नै रहेको मन्त्रालयमा विवरण पठाएको इपिडेमियोलोजि तथा रोग नियन्त्रण महाशाखाका विषेशज्ञ डाक्टर यद्धु चन्द्र घिमिरेले बताए । डेंगुका संक्रमितहरुको संख्या बढ्दै जाँदा समेत अस्पतालमा रोगको पहिचान गर्ने किटको अभाव रहेको अस्पातलहरुले बताई रहदाँ जिल्ला जनस्वास्थ्य कार्यालयले भने पुग्दो किट रहेको बताएको छ ।

जनस्वास्थ्य कार्यालयका भेक्टर कन्टेल सुपरभाईजर जिवन चौलागाईले डेंगु रोगलको उपचारका लागि सबै आश्यक सामग्री रहेको बताए । हाल सम्म दमकका विभिन्न अस्पतालमा उपचार गराउन आएका मध्ये एक सय १५ जनालाई डेंगु भएको पुष्टि भईसकेको छ ।

हाम्रो दमक बाट सभार गरिएको 

प्रतिक्रिया

सम्बन्धित खवर