म भर्खर कामबाट रुममा फर्कदै थिएँ। करिब रातको ९ बजेको थियो। उसले फोन गर्यो। म छक्क परेँ। अरे उसको त नाईटमा काम थियो आज काममा किन गएनछ। बिरामी पो भएछ कि भन्दै हतारिँदै फोन उठाएँ तर ऊ त ठिकठाक रोम्यान्टीक मुडमा पो बोल्दै छ।

’ए लुरी काम सकियो? तिम्रो काम सकिने टाईमको पर्खाईमा थिएँ।

 ’ल किन नि! अनि आज काममा किन नगएको नि?’

’कति बोलेकि हो। म तिमीलाई पार्कमा कुरेर बसेको छु यहाँ आउ अनि भन्छु।’ उसले नजिकैको पार्कमा बोलायो।

म पनि खुशी हुँदै फोन काटेर उसले बोलाएको पार्कमा पुगेँ। यताउता हेरेँ अहँ उसलाई देखीनँ। फोन गरेँ, फोन पनि उठाएन।

एक्कासी कसैले मलाई पछाडिबाट कसेर हग गर्यो, म तर्सिएँ। म फर्केर हेर्न खोजेँ। उसले आँखा बन्द गरिदियो। मैले उसलाई महशुस गरेँ र उसको हात फुकाउदै भनेँ,
’पागल।’

’पागल्नी!’ ऊ मुस्कुरायो। अनि बिस्तारै मेरो कानको नजिक आएर तातो-तातो स्वास फेर्दै बिस्तारै स्वासवे नै बोल्यो,

’ह्याप्पी बर्थ डे लुरी। आई लव यु ।’

म अक्क न बक्क भएँ। कुनै शब्द नै रहेन उसलाई फर्काउने। आफ्नो बर्थडे म आफैँलाई थाहा थिएन। कामको प्रेसरले गर्दा केही याद थियन उसको त्यो विशले म मनलाई सम्हाल्न सकिरहेकी थिइनँ। आँखा र मन दुबै भरिएर आए। दिन बितेर रात परिसक्दा पनि कसैले मेरो जन्मदिन याद गरेका थिएनन्।

उसले मलाई फेरी कसेर हग गर्यो र भन्यो,

’तिमीलाई ठुलो गिफ्ट छ एसेप्ट गर्छेउ नि लुरी मेरो गिफ्टलाई ?’

’महँगो भए त गर्दिनँ।  तपाईको माया छ नि सबैभन्दा ठुलो त, अरु किन चाहियो र?’
उसले मेरो कपाल दाँतले तान्दै भन्यो, ’महँगो छैन लुरी। तिमीलाई महँगो दिन कहाँ सक्छु र!’
मैले उसको हात फुकाउदै भनेँ, के हो छिटो भन्नुस् न।’

उसले आफ्नो पकेटबाट औठी निकाल्दै मेरो औलामा लगाउदै देब्रे कानमा तातो स्वासले भन्यो, आज तिम्रो बर्थडे को दिन म तिमीलाई मेरो थर दिन चाहन्छु स्विकार्छौ?’

म जिल्ल परेँ। अनुहार लाजले रातो भएको मैले उसैको आँखामा हेरेर चाल पाएँ।

’मैले हाम्रो बारेमा बाबा मम्मी सँग कुरा गरेको हिजो, बुहारी लिएर नेपाल आईज बिहे गर्न भन्नु भएको छ। म सँग बिहे गर्छेउनि लुरी?’

मेरो बोली फुटेन मात्र खुसीका आँशुहरुले उसको कुम भिजाईरहेँ जसरी उसले पनि मेरो हृदय निथ्रुक्क भिजाइदिएको थियो मायाको वर्सातले। बर्षौदेखि हामीले एक्लाएक्लै चुपचाप देखेको सपना जो पुरा हुदै थियो। उसले मेरो मौनताको अर्थ बुझ्यो र मलाई निदारमा खुसीका चुम्बनहरु बर्षाईरहयो।

जन्मदिनमा त्यो भन्दा अमुल्य चिज मेरो लागी अरु के हुन सक्ला र! म मख्ख थिएँ त्यो चिसो सिरेटोमा उसको न्यानो अँगालोमा बाँधिन पाउँदा। लाग्यो समय पनि टक्क अडिएर हाम्रो मायाप्रेम हेरिरहोस्।

अनु उनि (अनु सुबेदी)

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah