नयाँबाटो, काठमाडौँ | कार्यक्रम सिधा कुरा जनतासंगका एक बहुचर्चित प्रखर पत्रकार रबि लामिछानेलाई चार लाख घुस दिने कोसिस भयो |

आफु बिरुद्दको समाचार सम्प्रेसन नगर्नु हामी बिरुद्दको समाचार हटाउनु अथवा नराख्नु भन्दै दिनहु यी यस्ता कुराहरु आइरहदा एक व्यक्तिले रबि लामिछानेलाई चार लाखमा यसरी किन्न खोजेका छन् ! उक्त कुराको पर्दाफास गर्दै सिधाकुरा जनता सँगमा यसरी खोलेका छन् |

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

रबि लामिछानेको समुहले उक्त समूहको स्टिङ्ग अपरेसन गर्न सफल भएको छ | लामिछाने ले भने आफु बिरुद्दको समाचार हटाउन हामी लाई दुई लाख टेबलमै बैना दिए र दुई लाख रुपैया पछि दिने प्रतिबद्दता जनाए |

सिधकुरा जनतासंग लोकप्रिय कार्यक्रममा लामिछाने टिमले गलत भन्दै ति व्यक्ति बिरुद्द बोलिरहेका थिए र योजनाबद्द रुपमा न्युज२४ टिम उक्त व्यक्तिलाई भेट्न गएका थिए र ति व्यक्तिको मनसाय बुझ्न गएका थिए तर ति व्यक्तिले हामी बिरुद्दको अलोअप नगर्न भन्दै चार लाखमा किन्न खोजे पछि यसरी रबि लामिछानेको स्टिङ्ग अपरेसनको शिकार भए | अन्तत ति व्यक्ति क्यामेरामा कैद भएरै छाडे |

लामिछानेले आफ्नो काम कार्यक्रममा बाधा ब्यबधान सधै आईरहेको कुरा र निकै कठिन परिस्थितिमा आफु अनि आफ्नो सम्पूर्ण टिम प्रतिबद्द भएर घुसखोरी घोटाला, ठगि धन्दा बिरुद्द कठिबद्द भएर लडी रहने र जनताको माया र हौसलाले सधै खुसि दिलाएको कुरा पनि ब्यक्त गरे |

सिधाकुरा टिमलाई घुस दिन खोज्नेको स्टिङ अपरेसन, २ लाख क्यास , एयरपोर्ट भाईरल भिडियोको तथ्य यस्तो छ हेर्नुहोस आजको सिधाकुरा जनता सँग !

नया बाटो  बाट