एजेन्सी । भारतको मुम्बइबाट वेश्यावृत्ति गरेको आरोपमा हाइ प्रोफाइलकी एक मोडल पक्राउ परेकी छिन् । पक्राउ पश्चात मोहम्वद वाडी स्थित महिला वेलफेयर सेन्टरमा पुनस्थापनाको लागि राखिएको बताइएको छ । यी मोडल मुम्बईमा चलिरहेको एक हाई प्रोफाइल सेक्स र्याकेटमा लिप्त रहेको भारतीय मिडियाले लेखेका छन् ।

एक पटकको सेवाको लागि ५० हजार भारु लिने गरेको समेत खुलेको छ । भारतीय प्रहरीले कृष्णा नामको एक एजेन्ट पनि संगै पक्राउ गरेको छ । पक्राउ परेकी यी मोडल अर्शी खान हुन। फिल्म तथा विज्ञापनमा काम गरि सकेकी यी मोडललाई प्रहरीले होटलबाट कागजात सहित पक्राउ गरेको थियो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

यी त्यही मोडल हुन जसले एक समय आफुलाई पाकिसतानी क्रिकेट टिमका पूर्व कप्तान शाहिद अफ्रिदीको गर्लफ्रेन्ड बताउँने गर्थिन। सो समय मिडियामा यसबारेमा निकै चर्चा भएपनि केवल चर्चै पाउनको लागि यी मोडलले यसो गरेको बुझ्न सकिन्थ्यो ।