काठमाडौं, १४ कात्तिक । भारतीय राष्ट्रपति १८ वर्षपछि नेपाल भ्रमणमा आउँदैछन् । भारतीय राष्ट्रपति प्रणव मुखर्जीले कात्तिक १७ गतेदेखि तीन दिने नेपालको राजकीय भ्रमण गर्दैछन् ।

नेपाल भ्रमणका क्रममा मुखर्जी पोखरा र जनकपुरको समेत भ्रमण गर्ने भएका छन् । लामो समयपछि भारतीय राष्ट्र प्रमुखको भ्रमण हुन लागेको भन्दै सरकारले सार्वजनिक विदा नै घोषणा गरिसकेको छ ।

भारतीय राष्ट्रपतिको भ्रमणमा सुरक्षा ब्यवस्थालाई ध्यान दिएर नै सार्वजनिक विदा दिइएको सरकारले जनाएको छ । नेपाल भ्रमणका क्रममा पोखरा र जनकपुरसमेत जाने भएकाले सुरक्षा बढी सुरक्षा प्रवन्ध मिलाउनु पर्ने भएको छ ।

भारतीय राष्ट्रपतिको भ्रमणको सुरक्षाको प्रमुख जिम्मेवारी पनि नेपाली सेनालाई दिइएको छ । नेपाली सेनापछि सशस्त्र प्रहरी र त्यसपछि मात्रै जनपद प्रहरीको सुरक्षा घेरा रहने भएको छ । नेपाली सुरक्षा मात्र होइन, मुखर्जीको सुरक्षार्थी भारतीय सेनाको ठूलो टोली पनि नेपाल आउँदैछ । सुरक्षाको जिम्मेवारी सेनालाई दिइए पनि पहिलो सुरक्षा घेरा भने भारतीय सुरक्षाकर्मीको नै रहने भएको छ ।

भारतीय राष्ट्रपति नेपाल भ्रमणमा रहँदा कोबाट असुरक्षित छन् त ? नेपालमा अहिलेसम्म विभिन्न आतंकवादी समूहको चर्चा छैन । त्यसैले आतंकवादी समूहबाट मुखर्जीलाई सुरक्षा डर छैन । मुखर्जीले पोखरा भ्रमणका क्रममा विभिन्न पर्यटकीयस्थलहरु लेकसाइड, सराङकोट लगायतका ठाउँको अवलोकन गर्ने भनिए पनि असुरक्षाको कारण जनाउँदै ती स्थलहरुको अवलोकन नगराइने भएको छ ।
सुरक्षा अवस्था बुझ्न उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिसहित उच्च सुरक्षा अधिकारीहरु शनिवार पोखरा र जनकपुर पुगेर सुरक्षा अवस्थासमेत बुझिसकेका छन् ।

यसअघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणकाबेला नेपालीहरुले मुक्तकण्ठले प्रशंशा गरेका थिए । मोदीको सुरक्षा ब्यवस्था निकै कडा पारिएको थियो । मोदी बानेश्वरमा आइपुग्दा गाडीबाटै ओर्लेर सर्वसाधारणसँग हात मिलाएका थिए । त्यतिबेला सुरक्षालाई निकै चुनौती देखिएको थियो । तर नेपालीको मायाँले गर्दा कुनै असुरक्षित महशुस हुनै पाएन । तर त्यसपछि भने भारतसँग नेपालीहरु रुष्ट छन् ।
भारतले गरेको पाँच महिना लामो नाकाबन्दीका कारण भारतीय रवैयलाई लिएर नेपालीहरु निकै रुष्ट छन् । नेपालीहरु भारतीय राष्ट्रपति नेपाल आउनु नआउनुको कुनै तुक देखेका छैनन् । बरु भारतीय राष्ट्रपतिको नेपाल भ्रमणका दिन सार्वजनिक विदा दिइएकोमा सरकारले ‘दलाली’ गरेको भन्दै आम नागरिकबाट आलोचना भइरहेको छ ।

सामाजिक सञ्जालहरुमा मुखर्जीको समेत निकै आलोचना गरिएका छन् । उनको मानहानी हुने तस्विरहरु पोष्ट गरिएका छन् । भारतीय शासकप्रति नेपालीहरु नै चिढिएका कारण अपमान गर्न सक्ने अथवा कालोझण्डा देखाउन सक्ने सम्भावना पनि उत्तिकै छ ।
यसअघि भारतीय तत्कालीन राष्ट्रपति केआर नारायणले मे १९९८ मा नेपाल भ्रमण गरेका थिए । राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणामा मुखर्जी नेपाल आउन लागेका हुन् । मुखर्जीलाई राष्ट्रपति विद्यादेवी भण्डारीले नै विमानस्थल पुगेर स्वागत गर्ने कार्यक्रम रहेको छ । खबर डबली बाट सभार गरिएको । 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah