नेपालगन्ज–एक प्रहरी जवानसँग भएको विवादमा पूर्वी सुर्खेतको काफलकोटका युवाले स्थानीय आग्रीगाउँ प्रहरीचौकीमा आक्रमण गरी हतियार लुटेका छन्। घटनामा संलग्न भएको आरोपमा प्रहरीले ६ जनालाई पक्राउ गरेकोे छ।

स्थानीयका अनुसार मंगलबार साँझ ५ बजे देउली बजारमा प्रहरी जवान नरबहादुर बिक र गाउँका युवाबीच केटीको विषयमा विवाद भएको थियो। विवादपछि करिब ६ बजेतिर विवाद गर्ने व्यक्तिले ठूलो समूह बनाएर प्रहरी चौकीमाथि धावा बोले। आक्रमणकारी समूह चौकीमा पुग्दा असई मनोज आलेको कमाण्डमा चारजना प्रहरीमात्र थिए। ‘ठूलो समूह आक्रामक रुपमा चौकीमा गएपछि प्रहरी ‘साइड’ लागे,’ घटनाबारे नजिकसँग जानकारी राखेका स्थानीय शिक्षक रुद्रबहादुर केसीले भने, ‘त्यसपछि उनीहरु चौकीका हतियार लिएर भागे।मध्यपश्चिम प्रहरी प्रमुख डिआइजी माधव नेपालका अनुसार आक्रमणकारी समूहले दुई थान थ्रिनट थ्रि राइफल, एक थान चाइनिज पेस्तोल र दुई सय राउण्ड गोली लुटेका थिए। लुटिएकामध्ये ८ राउण्ड पेस्तोलको गोलीबाहेक सबै हतियार बरामद गरिसकिएको छ। ‘जाँडरक्सी खाएको आवेगमा एकजना प्रहरीसँग भएको विवादमा ठूलै समूह गएर चौकीमाथि धावा बोल्यो,’ डिआइजी नेपालले भने, ‘आक्रमणकारीको पहिचान भइसकेको छ, उनीहरुमाथि कडा कारबाही हुन्छ।’घटनालगत्तै सुर्खेतबाट जिल्ला प्रहरी प्रमुखको कमाण्डमा छिमेकी प्रहरीचौकी र सीमावर्ती जाजरकोटका प्रहरीचौकीबाटसमेत प्रहरी परिचालन गरी खोज तथा अनुसन्धान भइरहेको उनले बताए। प्रहरीले काफलकोट–५, तिमिलसिनीका दिलिप सिंह, रविन्द्र सिंह, कुबेर सिंहलगायत ११ जनाको समूहले आक्रमण गरेको जनाएको छ। पक्राउ पर्नेमा तीलक सिंह, केशव सिंह, प्रेम खत्री र तीर्थबहादुर खत्रीलगायत ६ जनालाई पक्राउ गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah