प्याप्सन झापाको क्षेत्रिय कोअर्डिनेटरमा जनार्दन मैनालीले आफ्नो प्रमुख दाबेदारी प्रस्तुत गरेकाछन् । झापा क्षेत्र नं. ७ का साहयक कोअर्डिनेटरको भूमिकामा रहेका मैनालीले क्षेत्रका बिद्यालयहरुसंग छलफल गरेरे आफ्नो उम्मेदवारीलाई अघि ल्याएको बताएकाछन् । सनराइज मोडल स्कूल दमक २ का संस्थापक प्रीन्सिपल मैनाली करिब डेढ दशक अघिदेखि संस्थागत बिद्यालयमा आबद्धछन् । कसैको लहडमा र कोअर्डिनेटर बन्ने लाल्चा बोकेर भन्दा पनि क्षेत्रिय समितिलाई चलयमान बनाउदै सबैको भावाना अनुसार काम गर्ने अठोटका साथ आफ्नो उम्मेदवारी रहेको उनले बताए । सह कोअर्डिनेटरको रुपमा रहेर काम गर्दाको अनुभव र आफ्नो सक्रियाताको कारण कोअर्डिनेटरमा आफ्नो उम्मेदवारी रहेको भन्दै सर्वसम्मत रुपमा क्षेत्रिय नेतृत्व चयन हुनेमा आफू आशाबादी रहेको उनको भनाइ रहेको छ । आफूभन्दा सिनियरहरुलाई सम्मान पूर्वक स्थान दिइने र नयाँ तथा साना बिद्यालयहरुलाई समान दृष्टिले हेर्ने बानीको बिकास गराउन पनि आफू लागि पर्ने उनि बताउछन् । आफ्ना योजना र कार्यक्रमहरु सहित बिद्यालयहरुसंग छलफल गरेर अघि बढ्ने जनाउदै एकले अर्काको खुट्टा तान्ने, एकले अर्काको बिद्यालयलाई अप्ठेरो पार्ने जस्ता कार्यहरुलाइ निरुत्साहित गर्ने आपसि छलफललाइ बाक्लो रुपमा राख्ने, आर्थिक पारदर्शिता र क्यालेण्डर सहितको कार्यक्रम तालिका अनुसार अघि बढ्ने आफ्नो सोच रहेकाले सबैको बिश्वास आफूमा रहेको उनले बताए । उनले आफूलाई गरिएको बिश्वासप्रति कहिल्यै पनि बिश्वासघात नगर्ने पनि जनाए ।
प्याप्सनको क्षेत्रिय कोअर्डिनेटरमा जनार्दनको दाबेदारी
सवाल नेपालसंवाददाताशुक्रबार, १७ कात्तिक २०७३

प्याप्सनको क्षेत्रिय कोअर्डिनेटरमा जनार्दनको दाबेदारी
यो समाचार शेयर गर्नुहोस्:

« यो पनि पढ्नुहोस्
रोजगारमुखी शिक्षातर्फ विद्यार्थीको रोजाइः दमक आदर्श बोर्डिङ्ग स्कूलमा बढ्दो आकर्षण

यो पनि पढ्नुहोस् »
बक्राहा खोलामा महिला मृत फेला प्रकरण : मृतकका श्रीमान पक्राउ
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

रोजगारमुखी शिक्षातर्फ विद्यार्थीको रोजाइः दमक आदर्श बोर्डिङ्ग स्कूलमा बढ्दो आकर्षण
बुधबार, १३ जेठ २०८३
बक्राहा खोलामा महिला मृत फेला प्रकरण : मृतकका श्रीमान पक्राउ
बुधबार, १३ जेठ २०८३
कोशी प्रदेशका ४ सहित ११ वटा निर्माण कम्पनी कालो सूचीमा
बुधबार, १३ जेठ २०८३
नेपालमा उच्च रक्तचापका बिरामीको संख्या बढ्दै
बुधबार, १३ जेठ २०८३
कोशी प्रदेशमा तीन दिन गणतन्त्र दिवस मनाइने
बुधबार, १३ जेठ २०८३



