विश्वका कतिपय देशका मानिसहरु ट्वाइलेट नभएको समस्याबाट ग्रस्त रहेको अवस्थामा चीनले भने ट्वाइलेट पेपर समेत स्मार्ट बनाइसकेको छ । हरेक कुराको नयाँ प्रयोग र प्रविधिको विकास गर्दै आएको चीनमा भुक्तानी प्रणालीमा पनि दुनियामै नभएको नयाँ तरिका अपनाइएको छ । जसलाई ‘स्माईल टु पे सिस्टम’ भनिएको छ ।

यो बायोमेट्कि सिस्टम अन्तर्गत ग्राहकहरुले केबल एउटा मेसिनको अगाडि उभिएर मुस्कुराउनुपर्नेछ । यसपछि आफ्नो मोबाइल नम्बर टाइप गरेपछि तपाईको सम्पूर्ण रकमको भुक्तानी हुनेछ ।

यो सिस्टमका लागि चीनको रेष्टुरेन्टले अलीबाबा ग्रुपको एंट फाइनान्सियल सँग सहकार्य गरेको छ । कम्पनीले दावा गरेको छ कि उसको ‘स्माईल टु पे सिस्टम’ का साथ कुनै पनि प्रकारका शिकायतको कुनै पनि ठाउँ रहने छैन । राम्रो र स्तरीय सेवा दिनेमा कुनै दुई मत नरहने बताएका छन् ।

यो प्रविधिमा प्रयोग हुने मेसिनमा लाइभनेस डिटेक्सन एल्गोरिथम प्रयोग गरिएको छ । अर्थात् यसले थ्री डी क्यामेराको अगाडि अभिएको मानिसको केबल अनुहार तथा मुस्कान मात्र नभई उसको छाँया र हरेक गतिशीलता तथा हलचललाई पनि पढ्ने गर्दछ । यसको मतलब क्यामेराको अगाडि कोही अरुको तस्बिर वा भिडियो राखेर कसैले पनि यो मेसिनसँग धोकेबाजी गर्ने वा झुक्याउन सक्ने सम्भावना नै रहदैन ।

‘स्माईल टु पे सिस्टम’ को सुरुवात चीनको ग्वांगजुमा रहेको केएफसीको एउटा स्टोरबाट गरिएको हो । यसको खास विशेषता भनेको यहाँ अन्य केफसी आउलेटको जस्तो फ्राइड चिकेन मात्र नभई यसको पुरै मेन्यू नै अलग रहेको छ । त्यसैले पनि यो रेष्टुरेन्ट केबल नगद भुक्तानीको नयाँ तरिकाका लागि मात्र नभई यसको मेन्यू सिस्टमका कारण पनि अन्य रेष्टुरेन्ट भन्दा फरक र बढी चर्चामा रहेको छ । यहाँ ग्रिल्ड चिकेन, सलाद र जुस जस्ता फरक फरक परिकार पाइने गर्दछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah