कात्तिक २६ अर्जुन आचार्य विराटनगर / विराटनगर-५ कञ्चनबारीमा रहेको नोबेल मेडिकल कलेज टिचिङ अस्पताले अन्तर्राष्ट्रियस्तरको न्यूरो सर्जरी सेवा सुरु गर्ने भएको छ। अन्तर्राष्ट्रिय स्तरमा उच्चस्तरीय प्रविधिसहितको न्यूरो सर्जरी सेवा ब्रेन स्वीट सुरु गर्ने अन्तिम तयारीमा रहेको नोबेल मेडिकल कलेजका कार्यकारी प्रमुख सुनिल शर्माले जानकारी दिए। नोबेलले करिब १ अर्ब लगानीमा सुरु गर्न लागेको ब्रेन स्वीट सार्क राष्ट्रमै पहिलो भएको अस्पतालको दाबी छ।

न्यूरो सर्जरी सेवाका लागि निर्माण गरिने ब्रेन स्वीटमा झण्डै ३४ करोडको एमआरआइ मेसिन र विश्वको उत्कृष्ट माइक्रोस्कोप प्रयोग गरिनेछ। अहिलेसम्म नेपालमा मात्रै नभएर सार्क राष्ट्रहरुमै यति उच्च प्रविधिमा आधारित (२०१६ मोडल) ब्रेन स्वीट निर्माण नभएको अस्पतालका प्रमुख शर्माले दाबी गरे। नेपालमा अहिले १ दशमलव ५ टेस्लाको एमआरआइ प्रयोग भइरहेकोमा नोबेलले ३ टेस्लाको एमआरआइ ल्याउने उनले बताए। भारतको मेदान्त हस्पिटल, म्याक्स अस्पताल, एम्स निह्याम्स लगायत ५ वटा अस्पतालमा रहेको उच्च गुणस्तरीय ब्रेनस्वीट रहेका अस्पतालमा पनि १ दशमलव ५ टेस्ला क्षमताको एमआरआइ रहेको शर्माको दाबी छ। तर, नोबेलमा ल्याउन लागिएको ३ टेस्ला क्षमताको एमआरआइ विश्वमै १० वटा मात्रै रहेको शर्माले बताए। यस्तै न्यूरो सर्जनका लागि प्रयोग गरिने सबैभन्दा उच्च गुणस्तरको पेन्टेरो नाइन जिरो जिरो थ्रीडी एचडी क्षमताको माइक्रोस्कोप पनि अस्पतालले ल्याएको छ।

माइक्रोस्कोपको लागत साढे ३ करोडभन्दा माथि रहेको शर्माको दाबी छ। अस्पतालले उच्चस्तरको न्यूरो सर्जरी सेवा सञ्चालन गर्न दक्षिण अफ्रिकाकै चर्चित न्यूरो सर्जनलाई ल्याएको जनाएको छ। आगामी बुधबारदेखि न्यूरो सर्जन सेवा सुरु गर्ने अस्पतालले आगामी ६ महिनापछि पूर्ण क्षमतामा न्यूरो सर्जरी सेवा सुरु गर्ने जनाएको छ। अस्पतालमा अफ्रिकाका सर्जनसहित क्रिस्टियन मेडिकल कलेज एण्ड हस्पिटल भेलोर भारतका प्रोफेसर आइप च्यारियन, सोही अस्पतालका प्रोफेसर तथा न्यूरो सर्जन डा. विजय, डा. प्रमोद, डा. प्रकाश लगायतका चिकित्सकले उपचार सेवा प्रदान गर्ने भएका छन्। अस्पतालले अत्यन्तै न्युन शुल्कमा न्युरो उपचार सेवा प्रदान गर्ने पनि बताएको छ। ‘न्यूनतम ४० हजारदेखि अधिकतम १ लाख ६० हजार रुपैयाँसम्म न्युरो सम्बन्धी सबै शल्यक्रिया गर्छौ’, शर्माले भने। नोबेलले विश्वभरका विभिन्न मुलुकबाट उपचारका लागि आफ्नो अस्पतालले बिरामी आउनेगरी पूर्वाधारको विकास गर्ने तयारीमा रहेको शर्माले बताए। नेपालमा पहिलो पटक यति ठूलो काम सुरु हुन लागेकाले सबैलाई सहयोग गर्न उनले आग्रह गरे।

‘नेपालको स्वास्थ्य क्षेत्रमा केही दिएरै मर्न चाहन्छु,’ शर्माले भने, ‘कसैले नगरेको काम मैले गर्दैछु।’ अब नेपालका मानिसहरुले न्यूरोसम्बन्धी जुनसुकै उपचारका लागि पनि विदेश जानु नपर्ने शर्माले बताए। दक्षिण अफ्रिका, भारत तथा सार्क राष्ट्रका बिरामीका लागि पनि सर्वसुलभ मूल्यमा उपचारको ग्यारेण्टी गरिने उनले दावी गरे।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah