काठमाडाैं । नेपाली कथानक चलचित्र ‘पशुपतिप्रसाद’ खगेन्द्र लामिछानेले त्यसै लेखेका होइनन् । दिपेन्द्र के खनालले निर्देशन गरेको ‘पशुपतिप्रसाद’ फिल्मको कथाले धेरैको मन तान्न सफल भयो । चलचित्रमा पशुपति ‘भष्मेश्वर’ वरपर बसेर जीवन धानिरहेका एक्ला मान्छेहरुको कथालाई बडो कलात्मक तवरले उतारिएको छ । यतिबेला त्यही चलचित्रका पशुपतिप्रसादकै जिन्दगी बाँचिहेका छन् सिन्धुपाल्चोकका बिक्की राई र उनका भाई दिपेन्द्र राई ।

उमेरले भर्खर १२ बर्ष भए बिक्की र उनका भाई ११ बर्ष । दिनभर पशुपति आर्यघाट वरपर अरुले फालेको पैसा (टिलो) खोजेर दैनिक गुजारा चलाईरहेका यी दाजुभाईको कथा ती पशुपतिप्रसादको भन्दा कहालीलाग्दो छ । झोला बोकेर बिद्यालय जाने यो उमेर पशुपतिमा चित्ता र फालिएका मोहोर (टिलो)को पिछा गरेरै बितिरहेछ । उनीहरुले पढ्न नचाहेका भने होइनन् । पढेर धेरै प्रगति गर्ने चाहना दाजुभाईकै थियो । धेरै पढ्यो भने मात्र ठुलो मान्छे बन्न सकिन्छ भन्ने बुझाई बिक्कीको छ । ‘धेरै पढेर मास्टर बन्ने मन थियो,’ बिक्कीले  भने ‘आज माग्ने बन्नुपर्यो ।’

बिक्कीको बेलिविस्तार
राम्रै चल्दै गरैको बिक्कीका दाजुभाईको जिन्दगी एकबर्ष अघि बावु/आमा दुबैको सवारी दुर्घटनामा मृत्यु भएपछि एकाएक बदलियो । बिक्की बिगत सम्झन्छन्, ‘हाम्रो घर सिन्धुपाल्चोकको जुरे हो । जुरे पहिरोले घर बगाएपछि बावुले बाह्रबिसेमा कोठा लिनुभयो । हामी बाह्रबिसे बस्न थाल्यौ । भाई र म बाह्रबिसेमै पढ्न थाल्यौ । बावु, ममि खेतबारीमा काम गर्नुहुन्थ्यो । हामी स्कुल जान्थ्यौ ।’ उनका गला एकाएक रोकिए । भाई दिपेन्द्रलाई हेर्दै आँशु खसाले । एकछिनको मौनतालाइ तोड्दै उनी फेरि बोल्न थाले, ‘पोहोर साउनको शनिवारको दिन थियो । बावु, ममि मामाघर जानुभयो । कोठामा भाई र म मात्र थियौ । बावु, ममि तीन दिनमा फर्किने कुरा थियो । हाम्रो स्कुल जानुपर्ने भएकाले हामी गएनौँ । उहाँहरु फर्किनुभएन सात दिनमा गाडी पल्टेर मरेको खबर आयो ।’

घरबाट काभ्रेको भुम्लुटार जान हिँडेका बिक्कीका बावुु राजु राई र आमा गीता राईको बाटैमा सवारी दुर्घटनामा मृत्यु भयो । ती दाजुभाईले बावु आमा आउने आशामा सातदिन बिताए । तर, सातदिन पछि बावु आमा दुबै मरेको खबर आयो । खबर सुनेपछि डेरागरी बसेको घरका घरबेटीले निकालिदिएको क्षण सम्झिँदा उनी केहिबेर भक्कानिए । ‘तिमल्सिना थरका घरबेटी थिए, घरबेटी अन्टीले तिमिहरुको बावु आमालाई दोलालघाट ल्याएको छ रे जाउ भन्नुभयो त्यसपछि हामीले डेरा छोड्यौ ।’ भाई दिपेन्द्रले  आँशु चुहाउँदै भने ‘त्यसपछि हामी दोलालघाट गयौ, केही पत्तो पाउनै सकिएन ।’
बाह्रबिसेबाट दोलालघाट आएका दाजुभाई दोलालघाटमा चिनेका मान्छे कोहि नभेटेपछि काठमाडौं जाने निधो गरे । दोलालघाटबाट काठमाडौंका लागि यात्रा तय गर्दा न उनीहरुका कोहि आफन्त थिए, न उनीहरुसँग रुपैयाँ पैसा थियो । तैपनि कोशीपारीकै बस चढेर उनीहरु बनेपासम्म आइपुगे । चाहना त उनीहरुको काठमाडौं नै जाने थियो । तर, भाडा तिर्ने पैसा नभएपछि बसका सहचालकले बनेपामै ओरालिदिएको बिक्की बताउँछन् ।

एकसाता अघिसम्म राम्रै चलेको जिन्दगी के भयो उनीहरुले सोच्नै सकेनन् । न अब उनीहरुसँग बस्नको लागि डेरा थियो, न माया गर्ने बावुु आमा र आफन्त । त्यो रात सडकमै बिताए । सँधै बावु, आमाको न्यानो काखमा लुटपुटिने ती शरिर अब पाटी पैवा र सडकपेटीका सुत्नुको बिकल्प उनीहरुसँग थिएन । बनेपा बसपार्कमा माग्ने र त्यहीँको सडकपेटीमा सुतेरै उनीहरुको दिनचर्या शुरु भयो ।

एक महिनाजति बितेपछि एकजना महिलाले उनीहरुलाई पाल्छु भनेर घर लगिन् । उनीहरु खुसि भएरै ती महिलासँग गए । उनीहरुले सोचेका थिए पढ्न पाइन्छ, जिन्दगी फेरि पहिले जस्तै हुन्छ । तर, भइदियो ठिक उल्टो । ती महिलाले त भोलिपल्ट देखिनै त्यहीँ बनेपा बसपार्कमै माग्ने काम गर्न पठाईन् । दाजुभाईले दिनभरी मागेर डेढदेखि दुईसयसम्म जम्मा पार्थे र लगेर तीनै महिलालाई बुझाउँथे । यसैगरी दाजुभाईले करीब १० महिना बनेपामै बिताए ।

अब जिन्दगी मागेरै बिताउनुपर्ने होकि भन्ने त्रासमा रहेका ती दाजुभाई यतिबेला पशुपति आर्यघाटमा छन् । बनेपामा माग्ने काम गर्दागर्दै उनीहरुको भेट खोटाङका सुवास राईसँग भयो । सुवासले पशुपतिमा मागेर राम्रै आम्दानी गर्न सकिने सुझाव उनीहरुलाई दिए । ती दाजुभाईलाई देबता भेटेझैँ लाग्यो । तीनै सुवासको पछि लागेर आइपुगे पशुपति । तर, पशुपतिमा पनि सोचेझैँ नभएको उनीहरु बताउँछन । यतिबेला केहि काम पाए गर्ने सोच बनाएका छन् । ‘बरु होटलमा भाँडा माझ्ने काम गर्न पाए हुन्थ्यो ।’ बिक्की भन्छन्, ‘मागेर त टिक्न गाह्रो हुने भयो ।’

‘भष्मे स्टाइल’ले पैसा खोस्नेको बिगबिगी
यसरी सँधैभरी मागेर खान गाह्रो हुने उनीहरुको अनुभव छ । पशुपति आएदेखि कमाई राम्रै भएको उनीहरु बताउँछन् । दैनिक मागेरै दाजुभाईले चार/पाँचसय जम्मा पार्छन् । तर, दिनदिनै उनीहरु लुटिने गरेको बताउँछन् । ‘जम्मा त दिनको पाँचसय जति हुन्छ । तर, के गर्नु खोस्छन’ भाई दिपेन्द्रले  रुँदै भने ‘हामी भन्दा ठुला छन्, नदिए पिट्छन्, हिजोराती पनि रक्सि खाएर आएर पिटे ।’ उनीहरु जस्तै जीवन बिताईरहेकाहरु बाटै लुटिन र कुटिन परेको उनीहरु बताउँछन् । आफु जस्तै साथीहरुबाट नै उनीहरु सुरक्षित छैनन् । नयाँ मान्छेलाई पुरानाहरुले हेप्ने र कामसमेत गर्न नदिने गरेको उनीहरुको गुनासो छ ।

दसैं आउँदा बावु/आमा सम्झिएर रुन्छ मन
यसपालिको दसैंं जति नजिकिँदै आउँछ मन पोल्छ बिक्कीको । पोहोर र अघिल्ला सालका दसैं सम्झन्छन्, तुलना गर्छन् अनि झनै उनको मन गह्रौँ हुन्छ । पहिले घरमा हुँदा चाडपर्व रमाईलो हुनेगरेको उनी बताउँछ् । तर, पोहोर सालको दसैं सम्झदा उनलाई चाडपर्व कहिल्यै नआएहुन्थ्यो जस्तो लाग्छ । पोहोर दसैंमा उनीहरु सडकमै थिए, पैसा माग्दै । तर, यसपालिको दसैं कतै बसेरै मान्ने योजनामा छन उनीहरु ।
यतिखेर उनीहरुले घर बिर्सिसकेका छन् । तर, बुवा, आमाको भने खुबै सम्झना आउने बताउँछन् । बुवा, आमाकै उमेरका मान्छे वरपर कतै दैख्दा, कोहि आफ्ना बुवा आमासँग हिँडेको देख्दा आफ्नै बिगत सम्झेर रुने गरेका छन् । उनीहरु अब तत्काल गाउँ जाने योजनामा भने छैनन् । गाउँमा कोहि आफन्त नभएकोले पनि उनीहरुले त्यस्तो मनस्थिति बनाएका हुन् । बरु, कतै काम खोजेर गर्ने योजना बनाउँदैछन् । पशुपतिमा आफुहरुलाईृ सुरक्षित नदेखेपछि अबको बसाईका बारेमा समेत सोचिरहेको बताउँछन् । ‘यहाँ बस्न दिएनन्, कतै काम गर्ने ठाउँ पाए जानहुन्थ्यो ।’ उनीहरु भन्छन्, ‘अब घरमा जादैनौँ, न कोहि छन् न घर छ किन जानु ?’ खबर डबली बाट साभार गरिएको

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah