•ज्ञानेन्द्र काेइराला नेपालको सर्वाधिक रुचाइएको एपी वान टेलिभिजनबाट प्रशारण भइरहेको रियालिटी शो ‘नेपाल आइडल’ को उत्कृष्ट चारबाट सागर आले बाहिरिएका छन्। सागर बाहिरिएसँगै नेपाल आइडलको अन्तिम प्रतिस्पर्धाका लागि बुद्ध लामा , प्रताप दास र निशान भट्टराई पुगेका छन्।
नेपाल आइडलको अन्तिम प्रतिस्पर्धा सेप्टेम्बर २२ मा कतारमा हुँदैछ। फाइनलमा पुगेका तिनै जाना खाली हात भने फर्कनु पर्ने छैन। तेस्रो स्थानमा पर्ने प्रतियोगीले १० लाख , दोस्रोले १५ लाख भने विजेताले २० लाख रुपैयाँकाे साथै महिन्द्रा केयुभी १०० गाडी र १५ लाख रुपैयाँको एल्बम कन्ट्रयाक प्राप्त गर्ने छन्। सगर आले सबको मनमा बस्न सफल नेपाल आइडलका एक प्रतिस्प्रधी थिए । सागर बाहिरिएपछि सामाजिक संजालमा अहिले अर्कै तरंग उत्पन्न भएको छ । एक युवकले सागर आले आउट भयो भनेर सागरका समर्थकले आफ्नो माेवाइल फुटाएको भिडियो हामी लाइ प्राप्त भएको छ । भिडियोमा कसरी प्रस्तुत भएका छन समर्थक त्यसकाे लागि तल भिडियो हेर्नुहोला ।



