झापाको माईपश्चिमा भएको स्थानीय तह पुनर्संरचना व्यवहारिक नभएको भन्दै विरोध प्रदर्शनमा उत्रिएका स्थानीय र प्रहरीबीच झडप हुदाँ ४ जना प्रदर्शनकारी घाईते भएका छन् । झापाको दमक, लखनपुर र तोपगाछीलाई दमक उपमहानगरपालिका बनाउन माग गर्दै प्रदर्शनमा उत्रिएका स्थानीयहरुमाथि प्रहरीले लाठी चार्ज गर्दा ४ जना प्रर्दशनकारी घाईते भएका हुन् ।

घाईते हुनेमा अखिल क्रान्तिकारीका नेता रबि बस्नेत, नेपाली काँग्रेसका महाधिवेशन प्रतिनिधि घनेन्द्र सुब्बा, माओवादी केन्द्रका नेता तिर्थराज बस्नेत (शंकर) र नेपाली काँग्रेसका दमक नगर सदस्य सागर खनाल रहेका छन् । घाईते मध्ये रबिको अवस्था गम्भिर रहेको बताईको छ । उनको थप उपचारकालागि धरान लाने तयारी भईरहेको नेपाली काँग्रेस रेगिना भट्टराईले जानकारी दिईन् ।

आन्दोलनमा उत्रिएकाहरुले इलाका प्रशासन कार्याल दमकमा ताला लगाउन खोज्दा झडप भएको थियो । गत दुई दिन देखि निरन्तर आन्दोलनमा उत्रिएका स्थानीयले प्रस्तावित दमक उपमहानगरपालिका भित्रका सबै सरकारी कार्यालयहरुमा तालाबन्दी गरेका छन् । यसबीच शान्तिपुर्ण आन्दोलनमा प्रहरीले हस्तक्षेप गरेको भन्दै संयुक्त आन्दोलन संघर्ष समितिले घोर भत्सना गरेको छ । आन्दोलन परिचान समित संयोजक रेवतराज पूरी (गगन) ले आज एक विज्ञप्ति निकाल्दै लोकतन्त्रमा जनताले शान्ति पूर्णरुपमा आवाज उठाउने अधिकार हुदा हुदै प्रहरीले नांगो हस्तक्षेप भएको भन्दै विज्ञप्ति मार्फत आपति जनाईएको छ ।

यसैबीच संघर्ष समितिले आज पूर्व आएका प्रधानमन्त्री पुष्पकमल दहाल प्रचण्डलाई भेटेर ज्ञापनपत्र बुझाएका छन् । जनताको भावना विपरितको निर्णयलाई खारेज गर्न माग गर्दै ज्ञापनपत्र बुझाईएको राजनीतिक पहल समितिका संयोजक देबेन्द्र दहालले बताए । हाम्रो दमक बाट साभार गरिएको

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय