दशैंको पूर्वसन्ध्या गायक तथा संगीतकार टंक बुढाथोकीको कसरी कसरी नामक नयाँ भिडियो सार्वजनिक भएको छ ।
नेपालीहरुको महान चाड दशै नजिकिदै गर्दा नेपाली सांगीतिक बजारमा दशैका गीतहरु आउने क्रम ह्वात्तै बढेको छ। यसै क्रममा नेपाली साङ्गितिक बजारमा चर्चाको शिखरमा रहेका युवा गायक तथा संगीतकार टंक बुढाथोकिले भने भिन्न प्रकृतिकको आफ्नो कोसेली लिएर आएका छन।
दशैमा आधारित गित दसै आयो दशै आयो नामक गित बाट चर्चामा रहेका बुढाथोकी अहिलेको कसरी कसरी नामक गित राम्रो बनेको र सम्पुर्ण नेपालीलाइ नचाउने सक्ने गित बनेको र सबैले मन पराउनेमा उनी ढुक्क छ्न।
पछिल्लो समयमा सङ्गीत क्षेत्रमा चर्चामा आएका बुढाथोकी कुशल गायक, सङ्गीतकार साथै एरेन्जरको रुपमा चिनिन्छन्।
काली तिम्रो नजरैले, सुन्तली घण्टी बज्यो मनको, म त बद्लिए, किन गाह्रो गाह्रो हुन्छ, तिम्ले बाटो फेरेउ अरे, मोबाइलको क्यामरामा, पुर्बकी होस या होस पश्चिमकि लगायत दर्जनौ चलचित्रका र आधुनिक हिट गीतहरु निकाली सकेका गायक बुढाथोकीले विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्टेज शो हरुमा पनि आफ्नो कला र गला प्रस्तुत गर्दै दर्शकहरुको मन जित्न सफल भइसकेका छन् ।बिगत १० बर्स देखि नेपाली साङ्गिती क्षेत्रमा अनवरत रुपमा लागि रहेका गायाकले अहिले सम्म १०० भन्दा बढी गितहरुमा स्वर सङ्गीत दिई सक्नु भएको छ भने अहिले काठमाडौको पुतलीसडकमा आफ्नै स्टुडियो समेत चलाइरहनु भएको छ ।
गायक बुढाथोकीको कसरी कसरी नामक गीतमा शब्द, संगीत तथा स्वर स्वयं आफ्नो रहेको छ भने गायिका मेलिना राइले साथ दिएकी छ्न। भने म्यूजिक एरेन्जर टंक बुढाथोकिको रहेछ साथै गितको रेकर्डिङ काठमाडौको आफ्नै स्टुडियो नाएनमा गरिएको थियो।उक्त म्युजिक भिडियोमा सुनिल क्षेत्री, सन्ध्या भट्टराई र नेपाली ठिटोको अभिनय तथा सुनिल क्षेत्रीको निर्देशन रहेको छ साथै सम्पादन तथा छायांकनमा क्रमशः बिकाश ज्ञावलि र टक केसि रहेकाछन।भने बिशेष सहयोगीको भुमिका भरत बुढाथोकी रहेको छ। म्युजिक भिडियोलाई फरसिन नेट्वोर्क ले नेपाली सांगीतिक बजारमा ल्याएको हो।
भिडियो हेर्नका लागि यहाँ :









