
कार्तिक २९, २०७३ रौतहटमा झडपका क्रममा प्रहरीको गोली लागेर १ जना हतियारधारीको मृत्यु भएको छ । झडपमा एकजना प्रहरी जवान घाइते भएका छन् । जिल्लाको देवाही ८ स्थित लालबकैया नदीको बांधमा आज बिहान हतियारधारी समुह र प्रहरीबीच गोली हानहान भएको बताइएको छ । ४/५ जनाको समुहलाई रोकी जाँच गर्न खोज्दा आफुमाथी आक्रमण भएको प्रहरीको भनाइ छ । जवाफी कारवाहीमा परिचय नखुलेका हतियारधारी समुहका एक जनाको मृत्यु भएको प्रहरीलाई उद्धृत गर्दै हाम्रा सहकर्मीले जनाएका छन् ।
उनको गौरमा प्राथमिक उपचार गरी थप उपचारको लागी हेटौडा ल्याइएको छ । घट्नास्थलबाट प्रहरीले आधुनिकसहित ईन्सास बन्दुक एक थान, मेडईन ईटाली लेखिएको पेस्तोल एक थान र नलकटुवा पेस्तोल १ थान गरी ३ थान हतियार बरामद गरेको जनाएको छ ।



