कार्तिक २९, २०७३-

नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहको माग बढ्दो छ । यसअर्थमा साम्राज्ञी आफ्नो साम्राज्य कायम गर्दैछिन् । अनमोल केसीसँग ‘ड्रिम्स’ मा जोडी जमाएपछि चर्चामा आएकी साम्राज्ञीले भर्खरै नायिका झरना थापाको निर्देशनमा ‘ए मेरो हजुर’को छायांकन सकेकी छिन् ।

‘ए मेरो हजुर’ लगत्तै उनी कलाकार शिशिर राणाले निर्माण एवं निर्देशन गर्ने चलचित्र ‘तिमीसँग’को छायांकनमा व्यस्त छिन् । ‘तिमीसँग’पछि उनले अरू दुई–चारवटा चलचित्रमा काम गर्ने सहमति जनाइसकेको बताइन्छ ।

यसअर्थमा अनमोलसँग जोडी जमाएका नायिकाहरूमध्ये सर्वाधिक व्यस्त नायिका बन्ने लहरमा छिन्, साम्राज्ञी राज्यलक्ष्मी शाह । साम्राज्ञीको साम्राज्य यसैगरी बढिरहोस्– शुभकामना ।

प्रतिक्रिया

सम्बन्धित खवर