काठमाडौँ । पछिल्लो समय देशमा निकै चर्चामा रहेको नेपाल आइडलमा फष्ट रनरअप भएका निशान भट्टराईले आफ्नो सुमधुर आवाजमा नयाँ गित बजारमा ल्याएका छन् । सबै प्रकारको गित गाउन जान्ने निशानलाई नेपाल आइडलले सबै सामु परिचित गरायो ।

उनले ‘एक जमाना पछि’ भन्ने बोलको गितमा आफ्नो स्वर दिएका छन् । उक्त गितमा म्युजिक कम्पोज दिपक सिलवालले गरेका छन् भने म्युजिक एरेन्ज किरण कडेलले गरेका छन् ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

पूर्व मोरङ उर्लाबारीका निशान भट्टराई आफ्नो सुरिलो स्वरका कारण नेपाल आइडलको अडिसनमा धेरै तारिफ पाए भने धेरै नेपालीको मन जित्नपनि सफल भएका छन् ।

सानै देखी गाउन रुचाउने निशानलाई छिमेकीहरुले ५ रुपैय २ रुपैय दिएर गीत गाउँ लगाथे रे ।भृकुटी मोडेल एकेडेमी बाट उनले आफ्नो २ सम्म को पढाई सकेर काठमाडौं आएका हुन ।