काठमाडौं–नेपाली कांग्रेसको भातृ संगठन नेपाल तरुण दलको अध्यक्षमा सभापति शेरबहादुर देउवा निटक जितजंग बस्नेतलाई चयन गरिएको छ। पोखरामा तरुण दलको चौथाे महाधिवेशनमा शीर्ष नेताबीच भागबण्डका आधारमा पदाधिकारी चयन गरिएको छ।

पार्टी निर्देशक समितिले पत्रकार सम्मेलनमार्फत तरुण दलको अध्यक्षमा देउवा निकट जितजंग बस्नेत, महासचिवमा वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षबाट भुपेन्द्रजंग शाही, कोषाध्यक्षमा नेता खुमबहादुर खड्का निकट विद्वान गुरुङ चयन  गरेकाे जनाएकाे हाे। सिटाैला पक्षले उपाध्यक्षमा उत्तमकुमार चापागाइँकाे नाम पठाएको छ। यसअघि सो समूहले प्रक्रियाप्रति असन्तुष्टि जनाउँदै अाएकाे थियो। बाँकी पदमा भने  निर्देेशक समितिकाे अर्काे बैठकले काठमाडौबाटै  चयन गर्ने निर्देशक समिति सदस्य रामकृष्ण यादवले  जानकारी दिए।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

 यसैगरी पार्टीृभित्रकाे गुठगट सन्तुलन मिलाउन  ६१ सदस्यीय कार्यसमितिको आकार बढाएर ९५ सदस्यीय बनाइएको  छ।  जस अनुसार खुला केन्द्रीय सदस्य २३, एक महलासहित पदेशबाट २८, महिला ८, अादिवासी जनजाति, मधेसी ४-४, दलित, अल्पसंख्यक, ३-३, सहिद परिवार थारू, मुस्लिमबाट एक एक , अध्यक्षले मनाेनित गर्ने दुइ सचिवसहित १६ गरी कार्यसमितिकाे संख्या ९५ पुर्याइकाे नेता यादवले जानकारी दिए।