के तपाईंले कहिल्यै कुकुरले सम्भोग गरिरहेको देख्नु भएको छ ? देख्नु भएको छैन भने पनि अब दसैंताका यस्ता दृष्यहरु छ्याप्छ्याप्ती देख्न सकिन्छ । असोज र कात्तिक महिनालाई कुकुरहरुका लागि बैंस चढ्ने वा सहबास गर्ने महिना भनेर भनिन्छ । यो कहानी महाभारत युगदेखि प्रचलित छ । द्रौपदीको विवाह कसरी पाँच भाइ पाण्डवसँग हुन गयो भनेर यसअघि नै पढिसक्नु भएको छ । अब जान्नुहोस्, के कारणले कुकुर जहाँसुकै सम्भोग गरिरहेका भेटिन्छन् भनेर ।

वास्तवमा द्रौपदीका पाँच पति भएकाले उनले सबैजनासँग सहबास गर्नै पथ्र्यो । तर सबैसँग एकैपटक यस्तो कार्य गर्न सम्भव पनि थिएन । महादेवले बरदान दिँदाखेरि नै उनलाई सम्भोगपछि स्नान गरेमा पुनः कुमारी अवस्थामै फर्कने अलौकिक गुण पनि दिएका थिए ।

जब पाँच जना पतिमध्ये कुनै पनि भाइ द्रौपदीको शयन कक्षमा हुदा बाहिर ढोकामा खराउ छोडिएका हुन्थे । यसरी खराउ देखेपछि अर्को भाइ खोपिमा पस्दैन थिए । एक दिन माहिला भीम द्रौपदीको शयन कक्षमा विराजमान थिए । सदाझैं भीमले आफ्ना खराउ प्रवेशद्धारमै छोडेर भित्र द्रौपदीसँग प्रेमलिलामा मग्न भइरहेका बेला अचानक साहिँला भाइ अर्जुन प्रवेश गर्न पुग्छन् । यो क्षण द्रौपदी, अर्जुन र भीम तीनैजनाको निम्ति शर्मनाक बन्न पुग्छ । यो कुरालाई लिएर भीम र अर्जुनबीच भनाभन पनि हुन्छ । भीम महाभारतका अत्यन्त रिसाहा पात्र थिए । उनले अर्जुनसँग खराउ राख्ने सर्तका बारेमा बहस गर्छन् तर अर्जुन बिन्ति गर्छन् ‘हे भ्राता श्री बाहिर हजुरका चरणआशन देखेको भए यस्तो अनर्थ हुने थिएन, क्षमा चाहन्छु, परन्तू पादुका ढोकामा छैनन् ।’

यो सुनेर सबैजना अलमल्ल पर्दछन् र तिनै जना भीमका खराउ खोज्न बनबिहारमा निस्कन्छन् । निकै पर एउटा कुकुर भीमका खराउसँग खेलिरहेको देखेर क्रोधित बनेकी द्रौपदीले श्राप दिँदै भनिन्, ‘यस कुकुुरका कारण मैले यौनक्रिडा गरेको आज अर्को पतिले देखेर जुन शर्म मैले सहनु प¥यो । सोही दृष्य दुनियाँले देखुन् र म जस्तै हिनताबोध र लाजले गुज्रिनु परोस् ।’ त्यस यता कुकुरहरु खुल्लामै यौनक्रिडा गरिरहेका हुन्छन् भन्ने कथा छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah