नेपालका लागि युरापेली संघ (इयु)की राजदूत रेन्से तेरिङले कुटनीतिक मान्यता विपरित नेपालको आन्तरिक मामिलामा गरिएका बिबादास्पद टिप्पणी र धारणालाई प्रबद्र्धन गरेकी छिन् ।

विस्तृत शान्ति सम्झौताको एक दशक पूरा भएको अवसरमा नेपाल शान्ति प्रतिष्ठानले बुधबार अन्तराष्ट्रिय शान्ति सम्मेलनको आयोजना गर्यो । कार्यक्रममा संविधानप्रति असन्तुष्टी राख्दै आएका मधेशी मोर्चाका एक नेता महन्थ ठाकुरका विवादास्पद र राजनीतिक आरोपयुक्त भनाईको राजदूत तेरिङले पक्षपोषण गरेकी हुन् । सम्मेलनमा सहभागि भएकी उनले ठाकुरले बोलेका हरेक भनाईलाई ट्वीट गर्दै नेपालको संविधानको बिरोधमात्र गरिनन्, आफूलाई ठाकुरका प्रबक्ताका रुपमा पनि प्रस्तुत गरिन् ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

ठाकुरले राष्ट्रिय गानमाथि टिप्पणी गर्दै राखेको ‘सयौं थुगा फुलका माला भन्ने राष्ट्रिय गान हामीले सुन्यौं तर ती फुलहरु ओइलाउँदै मर्दै गए के हुन्छ ?’ भन्ने भनाईलाई तुरुन्तै ट्वीट गरिन् ।   त्यस्तै, मधेशमा भएको हिंसाका बारेमा सरकारले केही पनि गरेको छैन भन्ने ठाकुरको भनाईलाई पनि उनले ट्वीट गरिन् । राजदूतका अनुसार ठाकुरले त्यहाँ यसो भने, ‘मधेसीबिरुद्ध भएको हिंसाको बारेमा सरकारले केही पनि गरेको छैन ।’ जसलाई इयु राजदूतले ट्वीट गरिन् ।

उनका ट्वीट यस्ता छन्:

पहिलो ट्वीट:

“A small incident can spark another movement. Madheshis are not from outside. How long will discrimination go on?” Mahantha Thakur

— (((Rensje Teerink))) (@RensjeTeerink) November 16, 2016
दोश्रो ट्वीट:

“A small incident can spark another movement. Madheshis are not from outside. How long will discrimination go on?” Mahantha Thakur

— (((Rensje Teerink))) (@RensjeTeerink) November 16, 2016
तेश्रो ट्वीट:

“A small incident can spark another movement. Madheshis are not from outside. How long will discrimination go on?” Mahantha Thakur

— (((Rensje Teerink))) (@RensjeTeerink) November 16, 2016
त्यस्तै ठाकुरले अर्को आन्दोलनको चेतावनी दिए, जसलाई फेरि उनै राजदूतले तुरुन्तै ट्वीट गरिन् । ठाकुरले भने, ‘एउटा सानो घटनाले अर्को  आन्दोलन सृजना गर्न सक्छ । मधेसीहरु बाहिरका होइनन्, कति समय यो विभेद जारी रहने ?’ ठाकुरको यो भनाई पनि तुरुन्तै राजदूतको ट्वीटमा आयो ।

युरोपेली संघकी राजदूत तेरिङले नेपालमा युरोपेली संघको प्रतिनिधित्व गर्ने हो । युरोपेली संघको नेपालप्रतिको धारणा के हो, सहयोगका क्षेत्र के हुन् ? त्यसलाई प्रबद्र्धन गर्ने हो । अर्थात् युरोपेली स्वार्थको संरक्षण गर्ने हो । त्यसो गर्दा आतिथ्यता प्रदान गर्ने राष्ट्रप्रतिको सम्मान, सरकारले लिएका निर्णयलाई मान्दै सम्बन्धित मन्त्रालयसँग सम्पर्कमा रही काम गर्ने हो । राजदूतहरुले कुनै पनि बिषयमा टिप्पणी गर्दा वा  कुनै धारणा राख्दा तिनका प्रभाव के हुन्छन् भन्ने ध्यान पुर्याउनुपर्छ । त्यही भएर कुटनीति अति संवेदनशील क्षेत्र हो, जसलाई निर्वाह गर्न अति संबेदनशीलता आवश्यक पर्छ ।

नेपालको संविधान संविधानसभाका ९२ प्रतिशत सदस्यले हस्ताक्षर गरेको संविधान हो, यो आफैंमा अधिक बहुमत हो । संविधानप्रति असन्तुष्टी राखेर ठाकुरलगायतका मधेशी पार्टीहरुले कार्यान्वयनमा अवरोध गर्दै आएका छन् । मधेशी मोर्चाका मागलाइ नेपाली सार्बभौमिकता, एकताका आधारमा औचित्य हेरी संवोधन गर्न सकिने भन्ने गृहकार्य भइराखेकै छ ।

तर नेपाल सरकारका निर्णय, नेपाली दलको अधिकतम हिस्साको ऐतिहासिक दस्तावेजलाई कुनै मधेसी दलले मान्दिन भन्दैमा त्यसको पक्षमा काठमाडौस्थित कुनै पनि राजदूतलाई खुलेआम लाग्ने छुट हुँदैन । नेपालको यही आन्तरिक मामिलामा हस्तक्षेप गर्दै र अनावश्यक चासो राख्दै आएका कारण भारतीय राजदूत र भारत सरकार आलोचनामा परेको युरोपेली राजदूतलाई थाहा भएकै हुनुपर्छ । त्यसो भए फेरि किन यस्तो गैरकुटनीतिक चरित्र उनी प्रदर्शन गरिरहेकी छिन् ? यो आपत्तिजनक छ ।  

नेपालको राष्ट्रियगानको भावमाथि ठाकुरले प्रश्न उठाए भन्दैमा त्यसलाई समर्थन गर्नु असन्तुष्टिलाई प्रबद्र्धन गर्नुमात्र होइन, नेपालको सद्भावमाथि प्रश्न उठाउनु समेत हो । राजदूतहरुले आफ्ना देशका कार्यक्रम, त्यहाँ बोलेका धारणालाई सार्बजनिक जानकारीका लागि टवीट गर्दा हुन्छ, यो त कुटनीतिक सूचनाको एक माध्यम भएकै छ । तर संविधान बहिष्कार गर्दै हिडेका एक नेताका राष्ट्रिय भावना बिपरितका अभिव्यक्तिको प्रबक्ता बन्ने उन्मुक्ति राजदूतहरुलाई छैन ।

त्यसो त युरोपेली संघ र राजदूत तेरिङका गतिबिधि यसअघि बिभिन्न अवसरमा विवादास्पद रहँदै आएका छन् । पृथकतावादी सोचको नेतृत्व गरिरहेका व्यक्ति÷समुहसँग गोप्य भेटवार्ता गरेर उनी यसअघि विवादमा तानिएकी हुन् । असन्तुष्ट र अल्पसंख्यकको अधिकारको नाममा अतिवादी धारणालाई संघले बोकेर हिंडेको पटक पटक सार्वजनिक भएको हो ।

साभार चक्रपथ

२ मंसिर २०७३